७ बैशाख २०८१, शुक्रबार
Header

महानगरले अब काठमाडौं प्लाजाबाट एकिकृत सेवा प्रदान गर्ने


प्रकाशित: विहिवार, ९ चैत्र २०७९, १८ः२० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्ना छरिएर रहेको विभागलाई एकै स्थानमा राखेर एकिकृत सेवा प्रदान गर्ने भएको छ । 


महानगरपालिका र पुतलीसडकस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजाविच बहाल बस्ने सम्झौता भएको छ । 


बुधवार ९ गते भएको सो सम्झौतापछि अब महानगरपालिकाले महानगरवासीहरुलाई एकिकृत सेवा प्रदान गर्ने भएको हो । 


महानगरवासीहरुले अहिले महानगरबाट पाईने सेवाहरु विभिन्न विभिन्न स्थानबाट लिईरहेका छन । जेडिए कम्प्लेक्समा अहिले प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय जेडिए कम्प्लेक्समा छन । 


यस कम्प्लेक्समा वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखा परीक्षण एकाई, खरिद एकाई रहेका छन । 


साविक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुन सम्बन्धी सेवाहरु, ट्राफिक व्यवस्थापन बिज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन एकाई छन । 


टेकुमा उद्यान तथा हरियाली प्रबर्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपंक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ । 


राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन । सहकारी विभाग विजुली बजारमा छ । सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । 


जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी एकाई लगायत कार्यालय छन ।  


हनुमान ढोका दरबार संरक्षण कार्यालय बसन्तपुरमा छ । राष्ट्रिय सभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखा लगायत संरचना छन । 


यी सबै शाखाको एकै स्थानबाट सेवा दिन नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका छन । 


मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग तत्काल स्थानान्तरण गरिने भएको छ ।


यो सम्झौता १० बर्षका लागि हो । ५ बर्षपछि १० प्रतिशतले वहाल वृद्धि हुनेछ । 


तस्वीरः काठमाडौं महानगरपालिका  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD