काठमाडौं । काठमाडौं महानगरपालिकमा महानगरमा सामाजिक सुरक्षा भता लिन नयाँ दर्ता र नविकरण खुलेको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने (जेष्ठ नागरिक, एकल महिला, बिधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्ग, दलित, जनजाति, तोकिएका बालबालिका) व्यक्तिको नाम दर्ता तथा नविकरण शुरु महानगरले सुचना जारी जनाएको छ ।
महानगरको सामाजिक बिकास बिभाग आउँदो पुष मसान्तभित्र नयाँलाई नाम दर्ता गराउन र भत्ता लिइरहेकालाई नबिकरण गराउन अनुरोध गरेको छ ।
सामाजिक सुरक्षा ऐन, २०७५ तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यबिधि, २०७५ बमोजिम रीत र योग्यता पुगेका यस्ता व्यक्तिलाई नेपाल सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता स्थानीय सरकारमार्फत प्रदान हुने व्यवस्था छ ।
यसरी नाम दर्ता गर्दा, तीनपुस्ते विवरण, नागरिकता नम्बर र सम्पर्क नम्बरसहितको विवरण उपलब्ध गराउनु पर्नेछ ।
पुष मसान्तभित्र नाम दर्ता नगराए वा नविकरण नगरे भत्ता रकम नपाईने विभागले जारी गरेको सुचनामा उल्लेख छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न जेष्ठ नागरिकको हकमा (महिला÷ पुरुष दुवै) ७० बर्ष उमेर पूरा गर्नुपर्छ । तर दलित जेष्ठ नागरिक र एकल महिलाले ६० बर्ष उमेर पूरा भएपछि भत्ता पाउँछन ।
बिधवाको हकमा भने उमेर सम्बन्धि शर्त लागु हुँदैन ।
सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेपछि अब जेष्ठ नागरिक र पूर्ण अपाङ्गले मासिक ३ हजार रुपैयाँ पाउने भएका छन भने एकल महिला र बिधवाले मासिक २ हजार रुपैयाँ प्राप्त गर्नेछन ।
Categorized in समाज