६ भाद्र २०८३, शनिबार
Header

महानगरमा मुद्दाको चाप घटाउन विभागले भूमिका खेल्नु पर्छ – प्रमुख शाक्य


प्रकाशित: शनिवार, १४ फागुन २०७८, १५ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरमा हुने विवादको चाप घटाउन विभागले भूमिका खेल्नु पर्ने बताएका छन । 


प्रमुख शाक्यले शुक्रवारबाट महानगरको कानून तथा मानव अधिकार विभागले कर्मचारीहरुका लागि ‘स्थानीय सरकार र कानून’ सम्बन्धी तालिम उद्घाटन गर्ने क्रममा सो बताएका हुन । 


प्रमुख शाक्यले भने,‘महानगरमा हुने विवादको चाप घटाउन विभागले काम गर्नुपर्छ । दर्ता नगर्दा पक्ष विपक्ष दुवैलाई फाइदा हुने मुद्दालाई दर्ता गर्नुअघि नै सम्झाउन सक्नुपर्छ । उहाँहरुलाई सही बाटो देखाउनुपर्छ । मुद्दा दर्ता भएपछि पक्ष विपक्ष दुवै पक्षको समय वर्वाद हुन्छ । खर्च बढ्छ । यो व्यक्ति, समाज र सार्वजनिक सेवा प्रदायक हामी सबैका लागि घाटा हो ।’

 


‘कानून जानिन भन्न कसैलाई छुट छैन । कर्मचारीलाई झन् छैन । सेवा प्रवाह कानूनबमोजिम गर्नुपर्छ । त्यसैले कानुनी ज्ञान अपरिहार्य छ ।’ प्रमुख शाक्यले भने । 


शनिवारसम्म हुने सो तालिममा कानून तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र काठमाडौँ महानगरपालिकाका सन्दर्भमा कानूनको आधारभूत जानकारीका विषयमा प्रस्तुतिकरण दिएका थिए । 

स्थानीय सरकार गठन भए यता काठमाडौँ महानगरले करीव ७० वटा कानून निर्माण गरेको विभाग प्रमुख आचार्यले बताए ।

 

तालिममा न्याय प्रशासक रामप्रसाद पौडेलले काठमाडौँ महानगरमा पर्ने विवाद र क्षेत्राधिकारका विषयमा प्रस्तुतिकरण गर्दै न्याय निरुपणका लागि महानगरले अवलम्बन गरेको पद्धतिका विषयमा चर्चा गरेका थिए । 


सो अवसरमा कामवा वडा २० का अध्यक्ष राजेन्द्र मानन्धर लगायत सहभागीहरुले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए । 
तालिममा विवादमा उजुरी दर्तादेखि निर्णय लिने चरणसम्म पुग्दा अपनाइने प्रक्रियालगायत कानूनका सिद्धान्त, प्रयोग र व्यवहारका विषयमा प्रस्तुतिकरण र छलफल हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex