१२ बैशाख २०८१, बुधबार
Header

महानगरमा खड्गी उम्मेदवार, मेयर–उपमेयरदेखि वडा सदस्यसम्म


प्रकाशित: मंगलवार, २७ बैशाख २०७९, १३ः०० बजे
- अजय खड्गी

काडमाडौ । काठमाडौं महानगरपालिकाको निर्वाचनमा खड्गी समुदायले पनि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका छन । 


मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यको लागि ४५ जना खड्गी, शाहीले उम्मेदवारी दर्ता गराएका छन ।


मेयर पदमा एक जना स्वतन्त्र उम्मेदवार रोशन शाहीले उम्मेदवारी दर्ता गराएका छन भने उपमेयरमा स्वतन्त्रका तिन जना राजेश शाही, राजेन्द्र खड्गी र सन्दीप खड्गीले उम्मेदवारी दिएका हुन ।
वडा अध्यक्षका लागि पुरुष ८ र महिला २ जना प्रतिस्पर्धामा उत्रेका छन । 


काठमाडौं महानगर वडा २७ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा योगेश कुमाुर खड्गी, २८ मा भाईराम खड्गी (यस अघि वडा अध्यक्ष) र एमालेबाट विपेन्द्र खड्गी, वडा १९ मा नेकपा एकिकृत समाजवादीबाट मिलन शाही, वडा २ मा जनता समाजवादी पार्टीबाट अनोज शाही छन ।


त्यसैगरी, वडा १८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गीता खड्गी, १५ वडाबाट स्वतन्त्र अंशु किरण शाही, १९ वडामा राप्रपाबाट साविक शाही, २८ मा राप्रपा बाटै श्याम प्रसाद खड्गी वडा अध्यक्षको लागि प्रतिस्पर्धामा छन । 

 


महिला सदस्यहरुमा वडा २८ बाट निना कुमारी खड्गी (कांग्रेस), सुनकेशरी खड्गी (माओवादी), र जुनु खड्गी (राप्रपा), वडा १० बाट शान्ता लक्ष्मी खड्गी(राप्रपा), वडा १२ बाट तारा शाही (राप्रपा), १८ बाट नेहा कुमारी मल्ल खड्गी (राप्रपा), १९ बाट रेणुकमल शाही (कांग्रस), एलिना शाही (राप्रपा),  वडा २० बाट नानी छोरी साही (राप्रपा),२१ वडामा कल्पना खड्गी (कांगे्रस), २२ वडाबाट ललिता खड्गी (कांग्रेस), ३० वडामा लक्ष्मी खड्गी (कांग्रस) का उम्मेदारी दिएका छन । 


पुरुष सदस्यहरुमा वडा २८ बाट लोकेन्द्र खड्गी (एमाले) र माओवादीबाट विसु प्रसाद खड्गी, वडा ३० बाट कपिल खड्गी (माओवादी), २९ मा राप्रपाबाट सुजन शाही, २३ वडामा नेकपा एसबाट सुवास साही, २२ मा राप्रपाबाट बद्री नारायण खड्गी प्रतिस्पर्धामा छन ।


त्यसैगरी ९ वडामा नेकपा एसबाट राजुसिंह शाही, १२ मा नेपाली कांग्रसबाट श्यामकृष्ण खड्गी र एमालेबाट श्याम कुमार शाही, १३ वडामा राप्रपाबाट रविन्द्र शाही र जसपाबाट रविन्द्र शाही, १५ वडामा राम शाही र जसपाबाट मनोज शाहीले उम्मेदवारी दिएका छन ।


नेपाली कांग्रेसबाट वडा १७ जितेन्द्र खड्गे, १८ मा नेपाली कांग्रेसबाट सुमितकृष्ण शाही, १९ वडामा एमालेबाट निरव शाही, नेकपा एसबाट रिकेश शाही र प्रतिक खड्गी, राप्रपाबाट मनिल शाही प्रतिस्पर्धामा देखिएको छ । 

  

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD