काठमाडौँ । काठमाडौं महानगरले महानगरभित्र प्रयोगमा ल्याउन खोजेको निजी शौचालयमा निलो पृष्ठभूमिको संकेत चिन्ह हुने भएको छ ।
सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्नको लागि गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
यो सबैजसो सार्वजनिक शौचालयमा हुने महानगरपालिकाले जनाएको छ ।
यस अघि महानगरले होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिएको छ ।
Categorized in स्थानिय