६ बैशाख २०८१, बिहिबार
Header

महानगरभित्र डेंगुको संक्रमण बिरामी भेटिए, ८३ जना संक्रमित


प्रकाशित: विहिवार, १२ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरका डेंगुको संक्रमण भएको विरामी भेटिएको छ ।


जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले दिएको जानकारी अनुसार महानगरमा अहिलेसम्म बिरामीको संख्या ८३ पुगेको छ । 


बज्राजाचार्यका अनुसार गत साउन २७ गते महानगरको वडा १५ मा पर्ने चमति क्षेत्रमा पहिलो पटक ३ जनामा यो समस्या देखिएको थियो । तीमध्ये एउटा घरका श्रीमान श्रीमति नै बिरामी परेका थिए । त्यसपछि वडा १६ र १८ बाट डेङ्गी भएका बिरामीको बारेमा जानकारी आएको थियो ।


वडा १६ का अध्यक्ष मुकुन्द रिजालले यस वडाको अधिकांश भागमा संक्रमण देखिएको बताएको छ । बसपार्क, बिष्णुमती नदी किनाराका अधिकांश भाग, नयाँबजार टाउन प्लानिङ् क्षेत्रमा संक्रमण धेरै रहेको जानकारी दिए । 


वडा अध्यक्ष रिजालले भने,‘ उत्तम उपाय भनेकै सरसफाइ हो । यो एका ठाउँको सफाइले मात्र समाधान हुने समस्या पनि होइन । त्यसैले, महानगरबासीलाई सरसफाइमा लाग्न सचेत गराउने पर्नेछ । सबै मिलेर सफाइ गर्नुपर्छ ।’


यस विषयमा महानगरका प्रवक्ता १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले सचेतना मुलक कार्यक्रमहरु आवश्यक रहेको बताउँदै वडाका घर घरमा पुगेर रोगका लक्षण र बचावटका उपायका बारेमा जानकारी दिने काम भईरहेको बताए । 


प्रवक्ता डंगोलका अनुसार यस संक्रमणलाई निष्क्रिय बनाउन हरेक महानगरबासी उत्तिकै जिम्मेवार हुनुपर्छ । उहाँहरुको सरसफाईप्रतिको सक्रियताले मात्र संक्रमण नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । 


महानगरको सहरी स्वास्थ्य महाशाखा प्रमुख बज्रचार्यले जिल्ला जनस्वास्थ्य कार्यालय, महानगरको वातावरण यवस्थापन बिभाग, वडा समितिको कार्यालय, वडा क्लिनिक, महिला स्वास्थ्य स्वयम्सेविका, उपभोक्ता समिति, टोल सुधार समिति एकै ठाउँमा भएर लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानका लागि सचेतनामुलक कार्यक्रम अगाडि बढाउने तयारी भएको जानकारी दिए । 


 के हो डेङ्गी ?


डेङ्गी भाइरसको संक्रमणले हुने रोग हो । यो भाइरस एडिस प्रजातिको कालो र सेतो रङ्ग मिसिएको छिरबिरे पोथी लामखुट्टेको सार्छ । विश्वभर ट्रोपिकल मौसम भएका देशहरुमा यसको संक्रमण पाइन्छ । एशिया प्रशान्त क्षेत्रका नेपाललगायत भारत, माल्दिभ्स, श्रीलङ्का तथा अफ्रिका र ल्याटिन अमेरिकामा यसको समस्या छ । सामान्यतया यो रोग गर्मी मौसममा हुने भए पनि जलवायु परिवर्तनको असरले भाइरस बोक्ने लामखुट्टे जाडोमा पनि पाउन थालिएसँगै जाडो मौसममा पनि डेङ्गीको समस्या देखिन थालेको छ ।


डेङ्गी ज्वरोका लक्षणहरु ः–


संक्रमित लामखुट्टेले टोकेको ४८ घण्टामा रगतमा भाइरस फैलिन्छ । यसका लक्षण देखिन ३ देखि १३ दिनसम्म लाग्न सक्छ । सामान्य रुघा खोकी लाग्ने, जोर्नी दुख्ने, आँखाका दाना दुख्ने, सरीरमा डाबर आउने, खानामा अरुचि हुने, जोनी तथा मांसपेशी दुख्ने यसका लक्षण हुन । त्यस्तै पेट तथा आन्द्रामा गडबढी हुने यस रोगमा रगत जम्ने प्रक्रिया अव्यवस्थित भएर भित्री रक्त श्राव हुने समस्या पनि हुनसक्छ ।


यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । केही बिरामीमा शुरु मै सरीरभरी खटिरा आउँछन । त्यस्तै शरीरमा डण्डीफोर जस्ता डावरहरु देखिन्छन् । ज्वरो आईरहेको अवस्थामा नाक तथा गिजाबाट तथा छालामुनि रक्तश्राव हुन सक्छ ।


कसरी बच्ने 


सफा पानीमा बस्ने यो प्रजातिका लामखुट्टेले दिनमा टोक्छन । यसबाट बच्न पानी छोपेर राख्ने, लामो समयसम्म पानी जमाएर नराख्ने, पानीलाई बिर्कोले छोपेर राख्ने तथा दिनमा देखिने लामखुट्टे नष्ट गर्ने विधि अपनाउनु पर्छ । 
सरीर पूरा ढाकिने गरी कपडा लगाउनु पर्छ । लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामाग्रीको प्रयोग गर्नुपर्छ । झुलभित्र सुत्नुपर्छ । घर वरपर वा घर भन्दामाबाहिर कामगर्न जादाँ लामखुट्टेले टोक्छ कि ध्यान पु¥याउनु पछृ । 
झ्याल र ढोकामा जाली लगाएर बन्द राख्नुपर्छ । पानी राख्ने भाडाहरु जस्तै पानी ट्याङ्की, गाग्री, दहीको कतौरा, बाल्टिन, ड्रम आदि सँधैं छोपेर राख्नुपर्छ । लामखट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन खाल्डा—खुल्डी पुर्नुपर्छ । घर आँगन सफा राख्नुपर्छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD