काठमाडौं । काठमाडौं महानगरपालिका महानगरभित्र कोही बेरोजगार भए बैशाख मसान्तभित्र विवरण बुझाउन आव्हान गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम र महानगरको आ. व. २०७६÷०७७ को बजेट बिषयक अन्तरक्रियात्मक गोष्ठीमा महानगर प्रमुख शाक्यले बेरोजगारहरुले वडा कार्यलयमा विवरण बुझाएर रोजगारको सुनिश्चित गर्न आग्रह गरेका छन ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित गोष्ठीमा सरकारले बेरोजगारको सुचिमा परेकाहरुलाई एक सयदिनको रोजगारी दिनेछ र रोजगारी दिन नसके निर्वाह भत्ता उपलव्ध गराउने प्रमुख शाक्यले बताए ।
सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले स्वदेशमै कामको सम्मान गर्ने संस्कृतिको बिकास गर्नलाई सरकारले ल्याएको यस कार्यक्रमबाट बेराजगार युवाहरुले श्रमको संभावना बारे बुझ्ने विश्वास व्यक्त गरेका छन ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. लोकराज भुषालका अनुसार नेपालका बर्षेनी ५ लाख युवा श्रम बजारमा आउने तथ्य उल्लेख गर्दै तीमध्ये १ लाख नेपाली श्रम बजारमा खपत हुने बाँकी बिदेशिने गरेको छ ।
रोजगार सेवा केन्द्रका संयोजक भरत ओलीले रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको काममा जोडिने उल्लेख गर्नुभयो ।
नेपालमा करीब ४ लाख बिदेशी श्रमिकले काम गर्ने गरेको तथ्यांक छ ।
Categorized in समाज