काठमाडौं । नेपाल सरकारको यातायात व्यवस्था विभागले यही भाद्रबाट महानगरपालिका र उपमहानगरपालिका भित्र चल्ने सवारी साधनहरुमा हरियो स्टिकर अनिवार्य गर्ने भएको छ ।
काठमाडौ उपत्यकाकाको हकमा भने सबै स्थानीय तहमा अनिवार्य गरिएको छ । साउन मसान्त सम्म विभागले प्रदुषण जाँचपास गराएर हरियो स्टिकर लिनका लागि थानकोट, बालाजु, बिपी हाइवे लगाएतका स्थानमा घुम्ती सेवा दिईरहेको छ ।
प्रदुषण जाँचपास नगराएका सवारी साधनलाई सञ्चालनमै रोक लगाइने भएको विभागले जनाएको छ ।
विभागका अनुसार डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन जाँच्नका लागि छुट्टाछुट्टै मेसिन आवश्यक पर्छ । पेट्रोलबाट चल्ने सवारीसाधनले फ्याक्ने धुवाको मात्रा ुग्यास एनालाइजर र डिजेलबाट चल्ने सवारीसाधनले फ्याक्ने धुवाको मात्रा डिजेल स्मोक मिटर मार्फत नापिन्छ । २० वटा डिजेल स्मोक मिटर र २० वटा ग्यास एनालाइजर ल्याइएको छ ।
नियमानुसार निजी सवारीसाधनले बर्षको एक पटक र सार्वजनिक सवारीसाधनले ६÷६ महिनामा सवारीसाधन जाँच पास गराएर हरियो स्टिकर लिनुपर्छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६०९३०बमोजिम सवारी प्रदुषण फेल हुने सवारीसाधनलाई दुई सय देखि १ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ ।
Categorized in समाज