काठमाडौँ । काठमाडौं महानगरपालिकाले विश्व सम्पदा रानीपोखरी पुनः निर्माण गर्न र हरिभवन भत्काउन एकै पटक बोलपत्र आव्हन गर्ने तयारी गरेको छ ।
महानगरपालिकाले अब एक हप्ताभित्र हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले बताएका छन् ।
२०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पका कारण सुन्धारास्थित हरिभवन र रत्नपार्कमा रहेको रानीपोखरीलगायत धेरै ऐतिहासिक सम्पदामा ठुलो क्षति पुगेको थियो ।

एक वर्षअघिनै कामपाले हरिभवन भत्काएर अर्को निर्माण गर्ने भन्दै आए पनि पुरातत्व विभागले रोकपछि काम अघि बढेको थिएन अब, महानगरले अब तीन कालखण्डको प्रतिनिधित्व हुने गरी हरिभवन निर्माण गर्ने तयारी गरेको छ ।
करीब १०० वर्षको इतिहास भएको तीनतलाको हरिभवनमा विसं २०६० देखि कामपाले नियमित आफ्नो कामकाजको लागि प्रयोग गर्दै आएको छ ।
त्यसैगरी, करीब ४०० वर्षको इतिहास बोकेको रानीपोखरीको पुनःनिर्माण थालेपनि आधुनिक निर्माणको सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध आएपछि भूकम्पअघिकै रुपमा रानीपोखरी पुनःनिर्माण गरिने कामपाले जनाएको छ ।
Categorized in सम्पदा/संस्कृति