१६ चैत्र २०८०, शुक्रबार
Header

महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास, मुद्दाको कारण हरिभवन बनेन


प्रकाशित: सोमवार, २५ असोज २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाको केन्द्रयी भवनको महानगर प्रमुख विद्यासुन्दर शाक्यले गरेका छन । 


सोमवार टेकुस्थित महानगरको वातावरण विभाग रहेको ठाँउमा भवनको प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन । 


शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले भने, ‘पहिलो कार्यपालिका बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेका थियौँ । यसअनुसार अधिकांश वडा कार्यालय नवनिर्माण र पुननिर्माण भइसकेका छन ।’


तर मुद्दामामिलाको कारण हरिभवनमा केन्द्रीय कार्यलय पुननिर्माण गर्न नसकेको, मुद्दाको किराना लागेपछि हरिभवनको पुननिर्माण गरिने शाक्यले बताए ।  


उनले साझा लाभका योजनामा जस लिन नपाउनेले विरोध गर्ने आचरण हावी भएपछि महानगरले तर्जुमा गरेका धेरै योजना अघि बढ्न नसकेको र बढेका योजना पनि रोकिएको अनुभव सनाए । 


आगलागी नियन्त्रण गर्ने दमकल भवन निर्माण गर्ने योजनासमेत मुद्दा खेप्नु परेको नमीठो अनुभव प्रमुख शाक्यले सो अवसरमा बताएका थिए । 


भवन भूमिगत तलासहितको ८ तले भवन निर्माण हुनेछ । ६—०—३—३ ६ (३ हजार ८३ दशमलव ८२ बर्गफुट) क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । 


भवन ६ हजार ६८३ दशमलव ३३ वर्ग मिटर क्षेत्रफलको हुनेछ । यसको अधिकतम ग्राउण्ड कभरेज ४० प्रतिशत हुनेछ । भवनमा १० जना क्षमताका दुई वटा लिफ्ट जडान हुनेछन । 


भवन ०८० साल असोज मसान्तसम्ममा निर्माण सम्पन्न भइसक्नेछ । समानान्तर निर्माण सेवा प्रा.लि. ले ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रुपैयाँमा भवन निर्माणको जिम्मा पाएको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ् प्रा. लि. ले तयार पारेका हुन ।



करीब ६ रोपनी क्षेत्रफलमा बन्ने भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ हुनेछ । मेकानिकल प्रविधिको प्रयोगबाट भूमिगत तलामा थप २५ वटा गाडी पार्किङ् गर्न सकिनेछ ।


कार्यक्रममा संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले आ–आफ्ना धारणा राखेका थिए ।

 
वडा १२ का अध्यक्ष विकास डंगोलले, आफ्नो वडामा महानगरको केन्द्रीय कार्यालय निर्माण हुनुले आफूलाई वडाध्यक्षका रुपमा गौरव महसुस भएको बताए । 


सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतकाअनुसार भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुल्ला ठाउँ र मौलिक वास्तु शैली भवनका मुख्य विशेषता हुन । 


प्रत्येक तलामा कार्यालयहरू, बैठक हल, प्रशासन÷ कर्मचारी/ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट््याइएको छ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार पहुँचयोग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग हुन सक्ने आपतकालीन मार्ग तथा सुरक्षित भ¥याङ् भवनका थप विशेषता हुन ।


आकाशे पानी संकलन तथा संकलित पानीको शुद्धिकरण प्रणाली सहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको जमिन तलादेखि ७ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौँ तलामा २ सय जना क्षमताको एउटा र १ सय जना क्षमताको एउटा गरी २ वटा छुट्टाछुट्टै सभा कक्ष निर्माण गरिनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD