काठमाडौं । कोरोना भाईरस न्यूनिकरणको लागि काठमाडौं महानगरपालिकाले १० करोडको आपतकालिन कोषको स्थापना गरेको छ ।
महानगरको विहिवार बसेको आपतकालिन बैठकले कोषको रकम साना वडालाई २ लाख, मझौलालाई तीन लाख र ठुला वडालाई ४ लाख निकास दिने निर्णय गरेको छ ।
महानगरले स्थापना गर्ने २४ घण्टे हेल्पडेस्कबाट सित्तैमा मास्क तथा ह्यान्ड सेनिटाइजर वितरण गर्ने बताइएको छ ।
त्यसैगरी कोरोनाभाइरसका बारेमा जनचेतना जगाउनका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पलेट, ब्यानरजस्ता प्रचार सामाग्री तयार गरी वितरण गर्ने जनाएको छ ।
बैठकले आफ्नो कार्यालय तथा कार्यकक्ष डिसइन्फेक्सन गर्ने जनाएको छ ।
Categorized in समाज