७ बैशाख २०८१, शुक्रबार
Header

महानगरद्वारा रञ्जना लिपी लेखन प्रतियोगिताका विजेता पुरस्कृत


प्रकाशित: बुधवार, १ असोज २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले रञ्जना लिपी प्रतियोगितमा बिजयी हुनेहरुलाई नगदसहित पुरस्कृत गरेको छ । 


महानगरपालिले मेट्रो एफ. एम. को २० औं बार्षिकोत्सवका अवसरमा आयोजित रञ्जना लिपी लेखन प्रतियोगिताका बिजयीलाई उक्त सम्मान गरेको हो । 


सो प्रतियोगितामा काठमाडौं चावहिलका सजिन डंगोल प्रथम, ललितपुर खोनाका राजन डंगोल दोश्रो र मध्यपुर ठिमीका बीरबाजी बज्राचार्य तेश्रो भएका थिए । 


प्रतियोगिताका प्रथम, दोश्रो र तेश्रो बिजेतालाई महानगर प्रमुख विद्यासुन्दर शाक्यले क्रमशः २५ हजार, १५ हजार र १० हजार तथा सान्त्वाना १० जनालाई एक हजारका दरले नगद पुरस्कार प्रदान गरे ।


सान्तवना पुरस्कार पाउनेहरुमा काठमाडौं टेकुका शशांश रञ्जित, कालिमाटीका साहिल महर्जन, चावहिलका हीराभाइ शाक्य, चागःका मणिराज मानन्धर, महाबुः का सुयोग्यरत्न ताम्राकारर न्यतका अनिल महर्जन, मध्यपुर ठिमीकी अंशु श्रेष्ठ, ललितपुर थेच्वकी सबिना महर्जन र मञ्जु महर्जन रहेका छन । 


लिपी लेखन प्रतियोगिताका लागि गरिएको खुल्ला आव्हानबाट ८७ जनाले निवेदन दिएकोमा ८३ जनाले प्रतियोगितामा भाग लिएका थिए । 


एफ. एम. ले लिपी गुठीको सहयोगमा गएको भदौ २८ गते प्रतियोगिता सम्पन्न गरेको थियो ।


कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, सूचना तथा प्रबिधि बिभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्ग, महानग प्रवक्ता १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले मेट्रो एफ.एमले गरेको समाजिक सचेतना, महानगर गतिविधि र समाजिक सञ्चारको बारेमा चर्चा गरेका थिए । 


मेट्रो एफ.एम २०५६ साल असोज १ गते स्थापना भएको हो । एफएमबाट नेपाल, नेपाली, तामाङ्लगायत बिभिन्न भाषामार्फत समाचार र समाचारमुलक कार्यक्रम, शिक्षामुलक, मनोरञ्जनात्मक तथा जनचेतनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD