८ बैशाख २०८१, शनिबार
Header

महानगरद्धारा प्रसुतिगृहलाई पीसीआर र वीरलाई न्युक्लेइक एसिड एट्राक्सन मेसिन प्रदान


प्रकाशित: सोमवार, ५ साउन २०७७, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई स्वचालित युक्लेइक एसिड एट्राक्सन मेसिन प्रदान प्रदान गरेको छ ।


त्यसैगरी प्रसुतिगृह थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री पीसीआरहस्तान्तरण गरेको छ । 


भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री ती दुई अस्पताललाई आईतवार हस्तान्तरण गरिएको हो ।  


उक्त सामग्री तातो पानी नाकाको मितेरी पुलमा ल्हासा सहरका विदेश विभाग प्रमुख झासजियकन सहितको टोलीले काठमाडौँ महानगरपालिकाकाको टोलीलाई हस्तान्तरण गरेका थिए । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितीमा वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट ९पीपीइ० ५ सय थान हस्तान्तरण गरिएको हो । 


१४ लाख ९९ हजार ३ सय ७५ चिनियाँ युआन अर्थात करीब २ करोड ५७ लाख २९ हजार २७५ रुपैयाँ बराबरका ती स्वस्थ्य सामाग्री दुई स्वास्थ्य संस्थालाई दिएको हो । 


प्रसुतीगृहलाई पीसीआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पीपीइ ५ सय थान हस्तान्तरण गरिएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्यले जानकारी दिए । 


प्रमुख शाक्यले भने,’ ‘हामीलाई ल्हासा सहरले पहिलो चरणमा केही सामग्री पठाएको थियो ।  त्यही सामाग्री हामीले स्वास्थ्य मन्त्रालयसँग समेत समन्वय गरेर विर अस्पताल र प्रसुतीगृहलाई हस्तान्तरण गरेका हौँ ।’ तपाईँहरुले हामीले अपेक्षा गरे अनुसार नै जति सक्दो बढीलाई सेवा दिनुहोला र यसको उच्चतम सदुपयोग गर्नुहोला । आगामी दिनमा थप सहयोग गर्न हामी तयार छौँ ।’ 


भोलिका दिनमा पनि तपाईँहरुसँग समन्वय गरेर स्वास्थ्यका क्षेत्रमा हातेमालो गर्दै अघि बढ्न चाहेको तथा आर्थिक बर्ष २०७७/०७८ को बजेटमा पनि कोभिड–१९ को असर, त्यसको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरण लगायतका विशेष कार्यक्रमका लागि बजेट विनियोजन गरेका वारे प्रुमख शाक्यले जानकारी दिए । 


कार्यक्रममावीर अस्पतालका निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरी, प्रसुतीगृहका निमित्त निर्देशक डाक्टर सन्दिप पौडेलले पनि महानगरपालिकोे सहयोगको खुलेर प्रषंशा गरेका थिए । 


काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम वसेलले स्वास्थ्य सामग्रीहरुको वारेमा जानकारी दिएका थिए । 


उनले ल्हासाबाट स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, यसमा प्रयोग हुने रिजेन्ट ३ हजार थान, पिसिआर मेसिन १ थान, भिटिएम ३ हजार थान प्राप्त भएको वताए ।


यस्तै आरडीटी किट ३ हजार थान, डिस्पोजेब सर्जिकल पञ्जा २ हजार ५ सय थान, मेडिकल मास्क ३ हजार थान, इन्फ्रारेड थर्मोमिटर ३ सय ७५ थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) २ हजार छ सय थान रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD