७ बैशाख २०८१, शुक्रबार
Header

महानगरद्धारा दशैंमा काठमाडौं ल्याईने खसी, बोकाको परीक्षण सुरु


प्रकाशित: विहिवार, २१ असोज २०७८, २१ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरले दशैंमा काठमाडौं ल्याईने खसी, बोका, भेडा, च्याङग्राको परीक्षण सुरु गरेको छ । 


संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर महानगरले परीक्षण तथा अनुगमन थालेको हो ।


कलंकी खसी बजारमा विभागका महानिर्देशक डा.दमयन्ती श्रेष्ठ, विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङ्मा हरियो रङ् लगाएर परीक्षणको सुरुवात गरिएको हो । 


वडाध्यक्ष सापकोटाले परीक्षणका क्रममा भनिन, ‘संघको सहयोगमा हामीले यहाँका धेरै जसो व्यापारी व्यवसाय दर्ता गराएका छौँ । दर्तावाला व्यापारीबाट ठगी हुने सम्भावना कम हुन्छ ।’


महानगरको पशु सेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाकाअनुसार, पहिले खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरिन्छ । यदि मासु खान योग्य देखियो भने सिंहमा हरियो रङ्ग लगाइन्छ । विरामी भएर खान अयोग्य भेटियो भने सिंङ्मा रातो रङ्ग लगाइन्छ । आवश्यकताका आधारमा यसरी विरामी भेटिएका चौपायाको नमूना संकलन गरेर परीक्षण पनि हुनेछ ।


महानगरभित्रका दशैँ लक्षित चौपाया बजारहरु कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन । महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन हुनेछन ।


काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मा. वि. पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीे (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण हुँदैछ ।


काठमाडौँ चौपाया खरिद विक्री प्रा. लि. का सञ्चालक व्यवस्थापक जीवन खतिवडाका अनुसार यो भण्डारण हुने सामान नभएकोले आएका चौपाया छिटो पठाउन र मुल्य नबढोस भन्नेमा सजगता आवश्यक छ ।

 
परीक्षणका क्रममा रोगी पशुपन्छीको ओसार पसार, नगर्नं, महानगरले तोकेको ठाउँमा मात्र चौपायाको बिक्री वितरण गर्न, स्वस्थ्यताको चिनो (हरियो रङ्ग) भएका चौपाया मात्र खरिद विक्री गर्न, मासुलाई चिसोमा राख्न, राम्ररी पकाएर मात्र मासु खान आग्रह गर्ने गर्ने गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD