१६ चैत्र २०८०, शुक्रबार
Header

महानगरको ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा’ एनि टायम ट्वाइलेट समूह बिजेता घोषित


प्रकाशित: विहिवार, २३ बैशाख २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्दर र व्यवस्थित सहरमा प्रविधिको भूमिका विषयमा आयोजित ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा’ बुधवार सम्पन्न भएको छ । 


प्रतिस्पर्धाको अन्तिम चरणमा आइपुगेका २४ वटा समूहबीच समुदाय र वातावरण विधाबाट एनि टाईम टवाईलेट नामक समूह विजेता घोषित भएका छन ।  


विजेता समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नगद ५ लाख रुपैयाँ प्रदान गरेका थिए साथै यस समूहले बिषयगतमा पनि बिजेता भएर २ लाख थप नगद पुरस्कार पाएका थिए । 


कार्यक्रममा प्रम ओलीले प्रतिस्पर्धीको हौसल बढाउँदै हामीसँग भएका समस्याहरुप्रति आफै सेचत र जागरुक हुनु पर्दछ । आफ्नो देश, आफ्नो ठाउँ आफैं बनाउने हो । मागेर होइन, आफ्नै पौरखले बनाउनु पर्ने बताएका थिए । 


काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले युवालाई आफ्नै देशमा पनि सम्भावना छ भनेर देखाउन यस प्रकारको प्रतिस्पर्धा आयोजना गरिएको जानकारी दिएका थिए । 


उनले प्रतिस्पर्धामा आएका सोच महानगरका लागि होइनन्, यी सोचलाई कुनै पनि स्थानीय तहले कार्यान्वयनमा ल्याउन सकिने भनाई राखेका थिए ।  


बिजेता समूह एनि टाईम टवाईलेटले ‘सहरमा हरेक मानिसले शौचालयको समस्या भोगेका छन । त्यो समस्या समाधान गर्न हामी प्रबिधिमार्फत हरेक रेष्टुरेष्टसँग उपभोक्ताको सम्बन्ध जोड्छौं । सजिलो प्रबिधिबाट हरेक व्यक्तिको आवश्यता पूरा गराउन सकिन्छ ।’ भन्ने सोच प्रस्तुत गरेर विजेता भएका थिए ।  


त्यसैगरी ३ वटा बिषयगत बिजेता समूहलाई जनही २ लाख रुपैयाँ प्रदान गरियो । यसरी बिषयगत बिजेता भएर २ लाख रुपैयाँ पाउनेमा ब्यवस्थापनतर्फ भूमि नामक समूह छन ।


प्रतिस्पर्धामा समुदाय र वातावरणतर्फ एरो रुट, सहरी पूर्वाधारतर्फ सफा सहर, महानगरीय सामुदायिक सेवातर्फ नेपाल मेड र महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापनतर्फ अटोमाटा उपबिजेता भए । 


उपबिजेता सबैलाई जनही १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD