११ बैशाख २०८१, मंगलबार
Header

महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले कर तिरे


प्रकाशित: विहिवार, १६ भाद्र २०७९, १९ः३० बज
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको २४ घण्टे अल्टिमेटमपछि काठमाडौं फनपार्कले महानगरलाई कर तिरेको छ ।


भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।


भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई तिरेको हो । 


विभागिय प्रमुख अघिकारीका अनुसार उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो । 


महानगरले हिजो फनपार्कलाई कर तिर्न अल्टिमेटम दिएको थियो । अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ।


यस्तै, फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ । महानगरले २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि मनोरञ्जन कर मात्र बुझाएको हो । बर्षौ देखि पटक पटक ताकेता गर्दा पनि पार्कले महानगरलाई कर तिर्न आलटाल गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD