१६ चैत्र २०८०, शुक्रबार
Header

महानगरको १० र २९ वडामा सार्वजनिक जग्गाको बोर्ड रखियो


प्रकाशित: आईतबार, ४ फागुन २०७६, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरभित्र रहेका सार्वजनिक जग्गामा ‘यो जग्गा नेपाल सरकारको हो’ लेखिएको बोर्ड राखिएको छ ।


काठमाडौं महानगरपालिका वडा ३१ (साबिक १०) को आलोकनगर, वडा १० को सहभागिता मार्ग, र वडा २९ (साविक ३२) अनामनगरमा रहेको जग्गामा बोर्ड राखिएको हो । 


आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मन्त्री पद्मा अर्यालको अगुवाईमा गएको टोलीले उक्त बोर्ड राखी सार्वजनिक जग्गाको संरक्षण अभियान थलिएको हो ।

 
आलोकनगरमा १० रोपनी ८ आना, सहयोगी मार्गमा ४ रोपनी र अनामनगरमा १४ आना २ पैसा जग्गा सार्वजनिक अंकित गरिएको छ । 


मन्त्री अर्यालले आफ्नो अर्काको, ठूलो सानो, पदमा भएको नभएको केही पनि नहेरी सार्वजनिक जग्गालाई सार्वजनिक उपयोगमा ल्याउने अभियान थालिएको बताए । 


क्रममा मन्त्रालयका सहसचिव, प्रदेश सभा सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सदस्यहरुसँगै नापी कार्यालयका अधिकारी सहभागी हुनुहुन्थ्यो ।


काठमाडौं महानगरको नेतृत्व यो अभियानलाई अघि बढाईने प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले बताएका छन । उनले भने,‘ ‘सार्वजनिक जग्गा बचाउनै पर्छ, ढिला भयो तर राम्रो कामको थालनी भयो । यस क्षेत्रमा भएका अन्य जग्गाहरु खोजी गर्दै अतिक्रमणमुक्त बनाउने कामलाई तीब्रता दिनुपर्छ ।’


वडा ३१ का अध्यक्ष नारायण भण्डारीले संरक्षण गरिएको जग्गामा हामी बहुउद्देश्यीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना सुनाए । 


त्यसैगरी यता वडा २९ ले अनामनगरमा सार्वजनिक शौचालयसहितको पार्क बनाउने योजना बनाएको वडाध्यक्ष कुश ढकालको भनाइ छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD