४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

महानगरको स्मार्ट सोच आव्हनमा १४२ समूह छनौट, सर्वोत्कृष्ट बिजेतालाई ५ लाख प्रदान गरिने


प्रकाशित: विहिवार, २४ माघ २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले आव्हान गरेको स्मार्ट सहरी प्रतिस्पर्धामा १४२ समुह छनौट भएको छ । 


विहिवार राष्ट्रिय सभागृहमा छनौटमा परेका समुहको परिचायात्मक कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौ महानगरलाई स्मार्ट बनाउन गरेको प्रतिपस्र्धाले नयाँ सोच र उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन । 


प्रमुख शाक्यले शहरी व्यवस्थापनमा महानगर जिम्मेवार ढंगले अघि बढेको जनाएको छ । सहरका समस्या समाधानमा युवाहरुको सोच आकर्षण गराउनु प्रतिस्पर्धाको लक्ष्य रहेको उनले बताए । 


सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले प्रतिस्पर्धामा आउने सोच बिज्ञानको प्रयोगशालामा सिद्ध गरेर ल्याउनेभन्दा प्रयोगमा आएका अभ्यासलाई स्थानीयकरण गर्न सकिने बताए । 


उनले सहरलाई व्यवस्थित बनाउन प्रविधिसँग सहरको सम्बन्ध बलियो बनाउन यो प्रतिस्पर्धा आवश्यक रहेको जानकारी दिए । 


महानगरले प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा गत मंसिर २६ गते स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८— स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” का लागि सोच आव्हान गरेको थियो । 


सोच दर्ताको लागि पुष ३० गतेसम्म समय दिएको थियो ।


समुदाय तथा वातावरण, सहरी पूर्वाधार बिकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी ४ क्षेत्रलाई प्रतिस्पर्धाका मुख्य विषय राखेर गरिएको आव्हानबाट ४५२ समूहले सोच दर्ता गराएका थिए । 


यस प्रतिस्पर्धामा योङ् इनोभेसन्स, नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, दायित्व, अन्तर प्रेरणा, ग्लोवल इन्टरप्रेनरसिप नेटवर्क, कारखाना र किन्स कलेज नोलेज पार्टनरका रुपमा सहभागी छन ।


६ महिना सम्म चल्ने यस प्रतिस्पर्धामा उत्कृष्ट सोचलाई अर्थात च्यालेन्जको विजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । 


त्यस्तै प्रतिस्पर्धाका ४ वटा विषयगत विजेतालाई प्रति समूह २ लाख रुपैयाँ र उपबिजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex