काठमाडौं । काठमाडौं महानगरपालिकाले दौस्रो चौमासिक सार्वजनिक सुनवाई सम्पन्न गरेको छ ।
आईतवार राष्ट्रिय सभागृहमा आयोजित सार्वजनिक सुनवाईमा सहभागी महानगरवासीले विकास र सहर व्यवस्थापनसम्बन्धी थुप्रै प्रश्नहरुसँगै सुझाव पनि दिएका छन ।
उनीहरुले खुल्ला मञ्च व्यवस्थापनको योजना के हो ? सामुदायिक कुकुर व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? नेपाल भाषाको पाठ्यक्रम सरल प्रयोग कसरी गर्ने ? लगायतका प्रश्नहरु गरेका थिए ।

सडक पेटी पैदल यात्री मैत्री बनाउनु पर्ने, पार्किङ् व्यवस्थापनबाट सहरी गतिशीलता बढाउनु पर्ने, फोहोर संकलन र व्यवस्थापन दिगो हुनु पर्ने, विकास निर्माण र सुविधा वितरणमा काम गर्ने सरकारी कार्यालय बिच समन्वय गर्नुपर्ने लगायत विषयसँग सम्बन्धित कुराहरु उठाएका थिए ।
यस्त,ै पूर्वाधार निर्माण गर्दा मौलिकता जोगाउँदै समावेशी र अपाङ्मैत्री संरचनामा ध्यान दिनुपर्ने लगायत बिषयमा महानगरवासीको चासो थियो ।
सार्वजनिक स्थलहरुमा नागरिकको सुरक्षा, सरल र पहुँचयुक्त सार्वजनिक यातायात, तार, होर्डिङ् बोर्ड र डिजिटल बोर्डको व्यवस्थापनमा सेवाग्राहीको चासो छ ।
सुनुवाई कार्यक्रमको अध्यक्षता गरिरहनुभएकी महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रश्नकर्ता सेवाग्राहीहरुको उत्तर दिइएकी थिईन ।

उपप्रमुख डंगोलले नेपाल भाषाको पाठ््यपुस्तक अझै सरल बनाउनु पर्ने जिज्ञासाको उत्तरमा ‘ती पाठ््यपुस्तकबाट भाषा पढाउनेभन्दा काठमाडौँको मौलिकतालाई आम नागरिकको जानकारीमा पुर्याउने लक्ष्य राखिएको बताईन ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले महानगरको समग्र विकासको लागि सबैको प्रयास आवश्यक रहेको बताउँदै होर्डिङ् बोर्ड हटाउने कामलाई तीब्र बनाइएको, सार्वजनिक यातायात प्रणाली र पार्किङ् सुविधालाई व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
काठमाडौं महानगर वडा १७ वडा अध्यक्ष एंव प्रवक्ता ननिव मानन्धरले सहरी सुरक्षा, मौलिकताको प्रवर्धन र विकास निर्माण सँगै स्वास्थ्य शिक्षा र रोजगारीलाई प्राथमिकता दिइएको बताए ।
महानगरको योजना वैङ्क भएका कार्यक्रम, वडाले सम्पादन गर्ने काम, सेवा लिन जाँदा सेवाग्राहीप्रति गरिने व्यवहार प्रश्नकर्ता अनुभवका रुपमा सोधिएका थिए ।
सुनुवाई सुरु गर्नुअघि स्वतन्त्र अनुसन्धानकर्ता सुरेन्द्र महतोले नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेका थिए । महानगरका १५० जना सेवाग्राहीसँग सेवा सन्तुष्टि, सेवाको नियमितता, पूर्वाधार र सरसफाइ, पारदर्शितालगायत शीर्षकमा सोधिएका प्रश्न जवाफमा आधारित नतिजा आएको छ ।
तस्वीरः काठमाडौं महानगरपालिका पहिलो
अन्जितमान डंगोल/महानगरखबर
Categorized in स्थानिय