४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगरको सहरी योजना आयोगमा ५ सदस्य नियुक्त


प्रकाशित: विहिवार, ३० जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगमा विहिवार ५ सदस्य नियुक्त गरिएको छ ।


आयोगमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा. डा. त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य र समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, सहरी योजनातर्फ कृतिकुसुम जोशी, प्राबिधिकतर्फ इञ्जिनियर सजिब श्रेष्ठ नियुक्त भएका छन । 


यस अघि जेठ १२ गते बसेको कार्यपालिकाको ३३ औं बैठकले सरोज बस्नेतलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । 


महानगरको सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम उनीहरुलाई नियुक्त गरिएको हो । 


विहिवारनै यसै ऐनबमोजिम आयोगका पदाधिकारीका रुपमा नियुक्त उपाध्यक्षसहित सदस्यहरुलाई बिहीबार आयोगका अध्यक्ष एवं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । 


यस ऐन बमोजिम महानगरका प्रमुखको अध्यक्षतामा १४ सदस्यीय सहरी योजना आयोग गठन हुनेछ । यसले स्थानीय तथ्य र तथ्याङ्क संकलन गर्ने, बिकास आवश्यकता, आयोजना तथा परियोजनाहरुको अध्ययन, अनुसन्धान, बिश्लेषण, अनुगमन, सुपरीवेक्षण तथा मुल्याङ्कनबाट स्थानीय नीति योजना तर्जुमा गर्ने तथा अभिलेख व्यवस्थापन गर्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika