३ भाद्र २०८३, बुधबार
Header

महानगरको सहरी योजना आयोगको उपाध्यक्षमा बस्नेत नियुक्त


प्रकाशित: आईतबार, १२ जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरको सहरी योजना आयोगका सदस्य सविच सरोज बस्नेत उपाध्यक्ष नियुक्त भएको छ । 


महानगरको आइतबार बसेको ३३ औं नगर कार्यपालिका बैठकले बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको प्रबक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।


गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगर सभाले स्वीकृत गरेको काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम उनलाई उपाध्यक्ष नियुक्त गरिएको हो । 


ऐनले आयोगको अध्यक्ष महानगरको प्रमुख रहने व्यवस्था गरेको छ । 


त्यसैगरी, बैठकले पाकिस्तानको इस्लामावाद नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव अनुमोदन गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex