१४ बैशाख २०८१, शुक्रबार
Header

महानगरको सहयोगमा ‘कुमारी द डान्स ड्रामा’ शुरु


प्रकाशित: आईतबार, २७ पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा राजधानीको बत्तीसपुतलीमा ‘कुमारी द डान्स ड्रामा’ शुरु भएको छ ।


बत्तीसपुतलीस्थित बत्तीसपुतलीस्थित शिल्पी थियटरमा आईतबारबाट ३ दिनसम्म चल्नेछ ।


नेपाल मण्डल र यस क्षेत्रको सुरक्षाका लागि स्थापना भएका अष्टमातृका र कुमारीको कथामा आधारित नाटक ‘कुमारी द डान्स ड्रामा’ मा नेपाल मण्डलसँग जोडिएका धार्मिक तथा सांस्कृतिक मान्यतामध्ये अष्टमातृका र कुमारीको स्थापना, कुमारीत्व, शक्ति प्राप्तिको लडाइँ नाटकका केन्द्रीय बिषय रहेको छ ।


चर्या नृत्य गुरु चन्द्रमान मुनिकारको परिकल्पना, लेखन र शास्त्रीय निर्देशनमा तयार भएको नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका छन भने नाटकमा त्रिणा कुलुको कोरियोग्राफी रहेको छ । 


यस नाटकको ९० प्रतिशत भाग नृत्यमा आधारित छ भने संवाद एकदमै थोरै रहेको छ । 


नाटकमा ‘कुमारी’को भुमिकामा अनिशा श्रेष्ठ छिन भने ‘असुरराज’को भुमिकामा सुदनमान मुनिकार रहेका छन । नाटकमा त्रिणा कुलु र योहाङ् राईले ‘श्वेतकाली र श्वेत भैरव’ को भूमिका निर्वाह गरेका छ । 


त्यस्तै रश्मि महर्जन (ब्रह्मायणी), सृष्टि शाक्य (वैष्णवी), भागीरथी शाही (कौमारी), नानीमैया महर्जन (महेश्वरी(, रचना महर्जन (चामुण्डा), ऋतु दर्शनधारी (इन्द्रायणी), सिर्जना शर्मा (महालक्ष्मी) र कृष्टिना मुनिकार (बाराही) को भूमिकामा हुनुहुन्छ ।


नाटकको कथा यस प्रकार छः–


महामञ्जुश्रीले चोभारको डाँडो काटेपछि तालमा भएका सबै जीब बगेर गए तर कर्कटनाथ बगेनन । उनी टौदहमा स्थापना भए । त्यसबेला नेपाल मण्डलमा देवी देवता पनि आए र असुरहरु पनि आए । त्यसबेलाका राजा अमर मल्ललाई असुरहरुबाट नेपाल मण्डल जोगाउन निकै धौधौ भयो । त्यसपछि उनले सहयोगका लागि गुह््येश्वरीलाई पुकार्छन । 


गुह््येश्वरीले आफू स्थापना भएको ठाउँबाट यताउता गर्न नमिल्ने भएकोले राजालाई सहयोग गर्न उनले श्वेतकालीको रुप लिन्छिन । उता महादेव पार्वतीलाई खोज्दै आउँदा पार्वती श्वेतकाली भएको थाहा पाउँछन र उनकै अनुरोधमा उनी श्वेत भैरवको रुप धारण गर्छन । उनीहरुबाट कुमारीको जन्म हुन्छ ।


कुमारीको असुरराजसँग प्रेम हुन्छ । नाटकमा कुमारीले निश्चल प्रेम गरेको तर असुरराजले कुमारीको कुमारीत्व हरण गरेर उनको शक्ति कमजोर बनाउन धोखापूर्ण सम्बन्ध राखेको देखाइएको छ । असुरराजलाई थाहा थियो, कुमारीको शक्तिसँग ऊ लड्न सक्दैन । उनीसँग लड्न कुमारीत्व हरण गर्नुपर्छ । 


उनीहरुको प्रेमका बारेमा श्वेतकाली र श्वेतभैरवलाई थाहा भएपछि उनीहरुले असुरराजको नियतिका बारेमा कुमारीलाई बताइदिन्छन् । त्यसपछि प्रेमलाई निरन्तरता दिउँ कि धोखापूर्ण प्रेम गर्नेबाट छुट्टिउँ भन्ने कुराको दोधारमा पुगेकी कुमारीले अन्ततः बज्रको प्रयोगले असुरराजको बध गर्छिन् । आफ्नै प्रेमीको हत्या हुँदै गर्दाको सम्बादमा कुमारी भन्छिन — हरेक पटकको सहबासपछि नारी कुमारी हुन्छिन् । उनको कुमारीत्वमा त्यतिञ्जेल शक्ति हुन्छ, जतिबेलासम्म उनमा निष्ठा हुन्छ । 


त्यसैले कुमारीत्व हरण गरेर शक्तिलाई कमजोर बनाउँछु भनेर नसोचे हुन्छ । यी सम्बादबाट ‘पुरुषबाट कुमारीत्व हरण हुन नसक्ने बरु उनकै निष्ठाको कमीले कुमारीत्वको शक्तिमा ह्रास हुने’ कुरालाई बुझाउन खोजेको देखिन्छ । यो अहिलेको सामाजिक परिवेशको बिम्ब पनि हो । नाटकबाट जीवित देवी कुमारीका रुपमा रहेकी नारी अरुजस्तै सांसारिक सुखका बाँच्न सक्छिन् । उनले बिबाह गर्नु हुँदैन वा उनीसँग बिवाह गर्नुहुँदैन भन्ने कुरा भ्रम हो भन्ने सन्देश दिन खोजेको देखिन्छ । कुमारीको सांसारिक जीवनका बारेमा यो नाटकले नयाँ कोणबाट बहस थालनी हुन सक्छ । नाटकमा कुमारीलाई मातापिताले उनले खोजेजस्तो बरसँग बिवाह गरिदिने प्रस्ताव गर्दा कुमारीले आफू स्वेच्छाले बिवाह नगरी बस्ने चाहना सुनाउँछिन् । उनको यो चाहनाले, काठमाडौंको सभ्यतासँग जोडिएको कुमारी बस्ने चलन, त्यसपछि उनीसँग सम्बन्धित सामाजिक मान्यतालाई पुनर्भाषित गर्नुपर्ने देखाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD