८ बैशाख २०८१, शनिबार
Header

महानगरको सवारी साधान व्यवस्थापन गरिने, वडालाई गाडी खरिद गर्न सिफारिस


प्रकाशित: सोमबार, १२ फागुन २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरका सवारी साधनको व्यवस्थापन तथा नियमन गरिने भएको छ ।


महानगर प्रमुख विद्यासुन्दर शाक्यले सवारी साधन प्रयोग, व्यवस्थापन तथा नियमनमा ध्यान दिन आवश्यक भएकोले अध्ययन गरिने बताएका छन ।


काठमाडौं महानगरमा प्रयोग भइरहेका सवारी साधन व्यवस्थापन, सुबिधाका रुपमा दिइने इन्धन नियमन र थप सवारी साधनको आवश्यकता अध्ययन गर्न गठन भएको समितिले सोमबार प्रतिवेदन शाक्यलाई प्रतिवेदन बुझाएको छ । 


शाक्यले प्रतिवेदन बुझदै भने,‘ प्रतिवेदन कार्यपालिका बैठकमा छलफलका लागि प्रस्तुत गरिने र सवारी साधनको प्रयोगले कार्यालयलाई कति फाइदा पुग्यो ।’


महानगरको ३९ औं कार्यपालिका बैठकले वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा समिति गठन गरेको थियो । 


समितिमा समितिको सदस्यहरुमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ, कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ रहका छन । 


महानगरको यन्त्र तथा उपकरण महाशाखाका प्रमुख पुरुषोत्तम शाक्य समितिको सदस्य सचिव रहेका छन ।


समितिका संयोजक एवं वडा १६ का अध्यक्ष रिजालका अनुासर वडा कार्यालयलाई ५ जनाभन्दा बढी व्यक्ति अट्न सक्ने वातावरणमैत्री सवारी खरिद गर्न शिफारिस गरिने भएको छ ।


महानगरका बिभागीय प्रमुख एउटा बिभागबाट सरुवा भइ अर्को बिभागमा जाँदा सवारी पनि सँगै लिएर जाने गरेको अध्ययनमा देखिएको संयोजक रिजाले बताए ।


त्यसैगरी बिभागीय प्रमुखले पाउँदै आएको १०० लिटर इन्धन सुबिधालाई घटाएर ८० लिटर बनाउने, चारपाङ्ग्रे सवारीका लागि दिइँदै आएको ८० लिटर इन्धन सुबिधालाई ६० लिटर बनाउने, अधिकृत स्तरका कर्मचारीले प्रयोग गर्ने दुई पाङ्ग्रे सवारीका लागि १० लिटर इन्धन दिँइदै आएकोमा १५ लिटर बनाउने सो प्रतिवेदनमा उल्लेख छ ।


साहयक स्तरका कर्मचारीले प्रयोग गर्ने दुई पाङ्ग्रे सवारीका लागि ७ लिटर इन्धन दिनेलगायत बुँदा छन । छैटौं र सातौं तहका कर्मचारीलाई मोटरसाइकल सुबिधा दिने पनि समितिले शिफारिस गरेको रिजालले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD