१३ बैशाख २०८१, बिहिबार
Header

महानगरको सडकबाट ३६७ को उद्धार, सचेतना अभियान पनि सुरु


प्रकाशित: आईतबार, १३ पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका सडकबाट ३६७ जना असाहय, बेसाहाराहरुको उद्धार गरिएको छ ।  


महानगरले सडकलाई आधार बनाएर माग्ने, सडकमै बस्ने, वेसाहारा, असहायको उद्धार गर्ने अभियान अन्तर्गत उद्धारको कार्यलाई निरन्तरता दिएको जनाएको छ । 


मानव सेवा आश्रमसँगको सहकार्यमा महानगरले उद्धार गरेका मध्ये शुक्रबारसम्म २ सय १५ जना घर फर्किएका छन भने आश्रममा १ सय ५२ जना रहेको छ । 


आश्रमका ३ नम्बर संयोजक सुमन बर्तौलाका अनुसार सडकबाट ३०८ जना पुरुष, ५२ जना महिला र ७ जना बालवालिकाको उद्धार भएको छ ।


काठमाडौं महानगरले सडकमा कोही बेवारिसे भएर बस्न नपर्ने भन्दै ०७६ मंसिर २९ मा अभियान घोषणा गरेको थियो ।


३ महिनालाई घोषणा गरिएको यस अभियान अन्तर्गत ३ महिनाभित्र सडकमा भेटिने सबैलाई उद्धार गर्ने र त्यस पछि काठमाडौंलाई बेवारिसे मानवबाट मुक्त गर्ने महानगरको तयारी छ ।


त्यसैगरी महानगरपालिको सडकमा मागेर बस्न नपाईने सन्देश दिन ७ दिने सचेतना अभियान पनि सुरु गरेको छ । 


नेपाल प्रहरी, मानव आश्रम र सरोकारवालाहरुको एक टिमले शुक्रवार नयाँ सडकस्थित संकटा मन्दिर, भद्रकाली परिसर, महांकाल मन्दिरमा मागेर बस्नेलाई सडकमा बसेर नमाग्न भन्दै आग्रह गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD