काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश काफ्ले नियुक्त भएका छन ।
बुधवार काफ्ले आजै पदवहाली गरेका छन । काफ्ले सूचना प्रविधि विभागको प्रमुखमा सरुवा भएर आएका हुन ।
‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम काफ्लेलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरिएको हो । गत असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनबाट सो ऐन जारी भएको हो ।
सञ्चार रजिस्ट्रारको जिम्मेवारी मुख्यत स्थानीय पत्रपत्रिका, एफ. एम. रेडियो, केवल टेलिभिजन, अनलाइन श्रव्यदृश्य माध्यम एवं अनलाइन पत्रपत्रिकाको अभिलेखन, नविकरण र नियमन गर्ने र अभिलेखन भएका सञ्चार माध्यमहरुलाई कुनै खास स्थान, अवधि वा एक बर्षसम्मको प्रेस पास जारी गर्ने काम हुनेछ ।
महानगरपालिकाको तथ्याङ्क र सूचना प्रविधि व्यवस्थापन, वेभ साइट, सामाजिक सञ्जाल, इमेल व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने, महानगरपालिकाको सञ्चार प्रतिष्ठानको सदस्य सचिवका रुपमा काम गर्ने, सञ्चार रजिस्ट्रारको जिम्मेवारीमा तोकिएका जिम्मेवारी पूरा गर्ने गराउने रजिस्ट्रारका मुख्य काम हुन ।
तस्वीरः काठमाडौं महानगरपालिका
Categorized in स्थानिय