७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

महानगरको मेयरको दम्भ बढेको छः स्वतन्त्र सांसद अमरेश सिंह


प्रकाशित: शुक्रवार, १८ फागुन २०८०, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरको मेयरको दम्भ बढेको बताएको छ । 


शुक्रवार संसद सिंहले प्रतिनिसभको बैठकमा बुधवार सुन्धारमा भएको झडपको विषयमा बोल्दै महानगरको मेयरको दम्भ बढेको बताएका हुन ।


‘महानगरको मेयरको दम्भ बढेको छ किन भने श्रमिकहरु, तल्लो बर्गको काम गर्नेहरु यो देशमा बस्न नपाउने, कहिले फुटपाथको व्यपारीलाई त्रसित गर्ने, टाउँको फुटाउने, कहिले कवाडीहरुलाई हटाउने ।’ उनले भने, ‘यो नेपाल हरेक नेपलीको हो कुनै प्रधानमन्त्री र मेयरको मात्र होइन ।’


सांसद सिंहले संविधानको प्रस्तावनामा उल्लेख छ कि हरेक नेपालीलाई आफ्नो रोजागर र जिविका नेपालको कुनै पनि भागमा गएर गर्न अधिकार रहको उल्लेख गरे । 


उनले भने,‘मेयरले बनाएको काठमाडौं होइन, यो काठमाडौं देशको राजधानी हो, संघीय राजधानी हो, यहाँ एउटा गरिब पनि बस्न पाउँछ, चेपाङ पनि बस्न पाउँछ, एउटा मुसहर पनि बस्न पाउँछ र प्रधानमन्त्री पनि बस्न पाउँछ, प्रधानमन्त्री र मेयर बस्नको लागि मात्र काठमाडौं बनाएको हैन ।’


मेयरको यस्तै हरकत भए काठमाडौं एकदिन संघर्षको मैदान हुने उनले बताए ।  


साथै काठमाडौका कवाडीहरुलाई दुव्र्यवहार गर्ने होइन व्यवस्थित गर्नु पर्ने उनको भना थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex