१ भाद्र २०८३, सोमबार
Header

महानगरको मेट्रो एफ. एम. ९४.६ मेगाहर्जले २२ औँ बार्षिकोत्सव मनायो


प्रकाशित: शनिवार, ३ असोज २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौ महानगरपालिको स्वामित्वमा रहेको मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जले आज २२ औँ बार्षिकोत्सव मनाएको छ । 


शुक्रवार एफ.एम. स्टेशन रहेको राष्ट्रिय सभागृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा बार्षिकोत्सव सम्पन्न गरेको महानगरपालिकाले जनाएको छ । 


सो अवसरमा प्रमुख शाक्यले कोविड महामारीका बेला रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रसङ्ग उल्लेख गर्दै प्रभावकारी सूचना प्रवाहका लागि प्रयास गरिएको उल्लेख गरे । 


शाक्यले बदलिँदो परिवेशअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरेर महानगरले गरेको कामलाई स्रोतामा पु¥याउने दायित्वलाई सञ्चारले पूरा गर्नु पर्ने सुझाव दिए । 


महानगरका प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक ईश्वरमान डंगोलले, सूचना प्रविधि र सूचना सञ्चारका क्षेत्रमा लगानी बढाउँदै गएको बताउँदै यसभित्र सुधारका धेरै पक्ष रहेकोले विज्ञहरुबाट प्राप्त भएका सुझावका आधारमा सुधारका काम हुने विश्वास व्यक्त गरे । 


कार्यक्रममा प्रस्तुति राख्दै धारणा सञ्चारविद एवं उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल, रेडियोविद रघु मैनालीले, सञ्चारविद लक्ष्मण हुमागाईँ, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल,सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल लगायतले आ–आफ्नो भनाई राखेका थिए । 


महानगरले २०५६ साल असोज १ गते एफ. एम. रेडियो स्थापना गरेको हो । तत्कालीन प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले शुभारम्भ गरेका थिए । 


सहरी गतिविधि तथा मानवीय आचरणसँगै महानगरले अबलम्बन गरेको वार्षिक नीति, रणनीति, योजना तथा कार्यक्रमका आधारमा रेडियोबाट प्रसारण हुने विषय छनौट हुने गरेको छन । 


एफएमबाट नेपाल, नेपाली, तामाङ्, मैथिलीलगायत बिभिन्न भाषामार्फत समाचार र समाचारमुलक कार्यक्रम, शिक्षामुलक, मनोरञ्जनात्मक तथा जनचेतनामुलक कार्यक्रमहरु प्रसारण हुँदै आएको छ । 


२० जना पत्रकार÷सञ्चारकर्मी रहेको रेडियो बिहान साढे ५ बजे देखि बेलुका १० बजे सम्म दैनिक साढे १६ घण्टा सञ्चालन हुन्छ ।


यस बर्षको वार्षिकोत्सवमा ६ जना सञ्चारकर्मीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । सम्मानित हुनुहुनेमा स्टेशन म्यानेजर, केशवप्रसाद नेपाल ‘केशु’, टेलिभिजन कार्यक्रम निर्माता बैकुण्ठ भण्डारी, नेपाल भाषाका कार्यक्रम सञ्चालक तथा संवाददाताहरु श्रीकृष्ण महर्जन, रीता महर्जन र उदेन न्हुसायमीलगायत हुनुहुन्छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex