८ बैशाख २०८१, शनिबार
Header

महानगरको माईकिङपछि करदाताहरु कर बुझाउँदै, १ करोड ५३ लाख असुली


प्रकाशित: आईतवार, १७ साउन २०७८, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले २० ठुला करदाताहरुलाई कर बुझाउन माईकिङ गरे लगत्तै करदाताहरु सम्पर्कमा आएका छन । 


महानगरपालिकाले यस अघि ती कम्पनीहरुको नाम सार्वजनिक गर्दै समयमै कर बुझाउन माईकिंग गरेपछि करदाताहरु धमाधम कर बुझाउन आएको हो । 


महानगरका अनुसार सम्पर्कमा आएकामध्ये ४ वटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा १ करोड ५३ लाख रुपैयाँ राजस्व बुझाएका छन ।


युनाइटेड विल्डर्र्स एण्ड इञ्जिनियरिङ् (बल्र्ड टे«ड सेन्टर) ले आज १ करोड रुपैयाँ बुझाएको छ भने वडा १४ को नेशनल हस्पिटलले २४ लाख रुपैयाँ, वडा १४ कै सहिद मेमोरियल हस्पिटलले १९ लाख २० हजार रुपैयाँ दाखिला गरेका छन । 


यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आउँदो २० दिनभित्र सम्पत्तिको मुल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन दिएका छन । 


त्यसैगरी सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लवले १० लाख रुपैयाँ दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिवद्धता जनाएको छ । वडा ३० को स्टार मलले सम्पत्तिको विवरण पेश गरेको छ भने वडा १३ को काठमाडौँ इञ्जिनियरिङ् कलेजले १० दिनभित्र विवरण पेश गर्ने समय माग गरेको छ ।


महानगरले पहिलो चरणमा गएको असार १६ गते सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । ३० दिनभित्र सम्पर्क गर्न आउन आग्रह गर्दै सूचना सार्वजनिक भएको अन्तिम सातासम्म पनि करदाताहरुले सम्पर्क नगरेपछि अन्तिममा करदाताको कार्यस्थलमा गएर ‘सम्पर्कमा नआए शिलबन्दी गर्ने’ सूचनासहित माइकिङ् गरेको थियो ।


महानगरलाई यी करदाताहरुले करिब ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेको छ ।


राजस्व अधिकृत प्रदीप कोइरालाकाअनुसार वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, वडा १३ को नेपाल रेडक्रस सोसाइटीले अहिलेसम्म कहिल्यै सम्पत्ति तथा घरजग्गा सम्बन्धी विवरण नै बुझाएका छैनन ।


घरजग्गा सम्बन्धि विवरण नबुझाउने अन्य ठूला करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एल. आर. आइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन । 


यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रा. लि. हुन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD