५ भाद्र २०८३, शुक्रबार
Header

महानगरको मतपत्रमा एउटा मात्र उम्मेदारी भएपनि ७ वटै चिन्ह रहने


प्रकाशित: आईतवार, १८ बैशाख २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाका लागि छपाई सुरु गरेको छ । 


महानगरपालिको मतपत्रमा एउटा दलको मात्र उम्मेदवारी भएपनि ७ वटैमा चुुनाव चिन्ह रहने निर्वाचन आयोगले जनाएको छ । 


सुरूमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिन्ह रहने भनिएको थियो । 


आयोगले कुनै दलले स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका ७ पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिए पनि मतपत्रमा दलको लहरमा सातवटै चुनाव चिह्न रहने बताए छ ।


मतपत्रमा पालिकाको प्रमुख, उपप्रमुख, वडाध्य, महिला वडा सदस्य, दलित महिला वडासदस्य, र खुला दुई वडा सदस्यको गरी हरेक दलको सातवटा चुनाव चिह्न एउटै लहरमा राखिएको हुन्छ ।


‘प्रमुखमा उम्मेदवार छैन, उपप्रमुखमा छैन, वडाध्यक्षमा पनि छैन तर वडाको कुनै एउटा सदस्यमा उम्मेदवारी रह्यो भने त्यो दलको निर्वाचन चिह्न लहर रहने भयो, सातवटै चुनाव चिह्न रहने भयो’आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex