६ भाद्र २०८३, शनिबार
Header

महानगरको भागबण्डा मिल्यो, काठमाडौं महानगरको उपमेयर एकिकृत समाजवादीलाई


प्रकाशित: मंगलवार, ६ बैशाख २०७८, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । सत्तारुढ गठबन्धनले महानगरको प्रमुख र उपप्रमुखको भागबण्डा मिलाएको छ । 


मंगलवार वसेको गठबन्धन बैठकले काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर कांग्रेसको भागमा परेको छ भने पोखरामा एकिकृत समाजवादीले मेयर पाएको छ । 


कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा प्रतिस्पर्धा गर्ने सहमति जुटेको छ । काठमाडौं महानगरमा भने एकिकृत समाजवादीले उपमेयर लिएका छन । 


ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन भने बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex