२ जेठ २०८१, बुधबार
Header

महानगरको बजार अनुगमनः सुन्धाराको गुलाब मिठाई पसललाई २ लाख जरिवाना


प्रकाशित: शुक्रवार, १२ कातिक २०७८, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले तिहार लक्षित बजार अनुगमनलाई तिव्रता दिएको छ । 


शुक्रवार अनुगमनको क्रममा सुन्धराको गुलाब मिठाई पसललाई २ लाख रुपियाँ जरिवाना गरेको छ । 


बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको अनुसार पसलको भान्छामा म्याद सकिएका रङ्, अन्य कम्पनीले उत्पादन गरेका खाद्यबस्तुमा आफ्नो लेवल र आफूले उत्पादन गरेका खाद्यबस्तुमा भारतीय कम्पनीको लेवल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय विक्री गरेको पाइएपछि जरिवना गरिएको हो । 


सालिमार हस्पिटालिटी एण्ड फुड प्रा. लि. का नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा विक्री हुँदै आएको छ ।


यसैगरी अनुगमनको क्रममा उत्पादन मिति उल्लेख नभएका चिउराका बोराहरु फेला पारेको थियो । अनुचित व्यापारिक क्रियाकलाप भएकोले जरिवाना तिराउनु परेको हो । 


निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले यसअघि दिइएका निर्देशनको पालना गर्ने वा त्यसका लागि तत्परता नदेखिएपछि जरिवाना तिराएको बताएको छ । 


यस अघि ०७६ कार्तिक ८ गते महानगरले यही ठाउँमा गएर गलत भएका ठाउँहरु देखाउँदै सुधार गर्न सुझाव दिएको थियो । त्यसबेला तिहारका लागि मिठाइ प्याकिङ् गरेर दिइने बक्सहरु भुँइमा राखेर पट््याउने काम भइरहेको थियो । 


उनीहरुले जुत्ता लगाएका थिए तर हातमा पञ्जा, सरीरमा एप्रोन तथा टाउको छोप्ने कुनै सामान प्रयोग गरेका थिएनन । गुलाबको पहिलो तलामा मिठाइ बनाउने काम गरिरहेका कामदारहरु खाली हातले लड्डु बनाइरहेका थिए । 


छेउमा ठूला ठूला भाँडामा लालमोहन र रसबरी राखिएको थियो । तेश्रो तला राखिएका सामानहरु हेर्दा दुगड कम्पनीबाट उत्पादन भएका १ किलोग्रामका १० वटा म्याद गुज्रेका बेसनका प्योृयाकेट भेटिएका थिए । 


अर्को तलामा भण्डारको छेउ अँध्यारो कुनामा आधा बोरामा कीरा परेको २६ किलो बेसन थियो । यसरी भेटिएका सामान नष्ट गर्दै अनुगमन टोलीले सुधार गर्नु भनेको थियो ।


गुलाबमा भेटिएका सामाग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पु¥याउन सक्ने खालका हुन । अनुगमनमा रहनुभएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझा भन्नुहुन्छ । जुन मिठाई पसलमा गयो त्यहीँ समस्या छ ।


उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने,‘ मिठाइ पसलको भान्छा सरसफाइ गर्न गएजस्तो भएको छ । एक दुईवाहेक अरुको मिठाई उत्पादनको चक्रमा कतै न कतै समस्या भेटिइहाल्छ । अहिले मापदण्ड कार्यान्वयनका लागि व्यवसायी र नियमनका लागि सरकारको तत्परता चाहिएको छ ।’
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD