काठमाडौँ । काठमाडौं महानगरपालिका फोहर व्यवस्थापनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई महानगर प्रमुख विद्यासुन्दर शाक्यले भेटेका छन ।
सोमवार भएको भेटघाटमा प्रमुख शाक्यले फोहर लग्ने सडक विग्रिएको कारण महानगरको फोहर व्यवस्थापन गर्न कठिनाई भएको समस्या सुनाएका थिए ।
लगत्तै प्रम देउवाले सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरेर तत्काल सडकलाई सुचारु हुने बनाउन निर्देशन दिएका छन ।
प्रधानमन्त्री निवास वालुवाटारमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितको भेटमा शाक्यले भने, ‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छौँ,’ ।
यस अघि भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्रमार्फत फोहोर व्यवस्थापनका लागि पहल प्रमुख शाक्यले आग्रह समेत गरेका थिए भेटघाटमा भएको कुराकानी सकारात्मक भएको छ महानगर सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च तयार रहेको प्रमुख शाक्यले बताए ।
काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो साइटसम्म पुग्ने बाटोसमेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको हो ।
सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । जसका कारण अहिले उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।
Categorized in राष्ट्रिय