४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगरको प्रदुषण व्यवस्थापनमा सुधारः प्रमुख शाक्य


प्रकाशित: सोमबार, २३ मंसिर २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगर क्षेत्रको प्रदुषण व्यवस्थापनमा सुधार आएको बताएको छ । 


सोमबार आयोजित ४ दिवसीय फोहोरमैला व्यवस्थापन सम्बन्धि पुनर्ताजगी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले नियमित काम र सबैको एउटै मतले काम गरेको खण्डमा प्रदुषणमा सुधार ल्याउन समय नलाग्ने बताए । 


सो अवसरमा महानगर प्रमुख शाक्यले धुलो धुँवा बढ्ने कारण निर्माण कार्य गर्ने व्यक्ति जिम्मेवार नभएकोले पनि भएको जिकिर गरे । उनले सफाईको लागि सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा जोड दिएका थिए ।


काठमाडौंको फोहोर निजी र गैरसरकारी क्षेत्रसँग मिलेर व्यवस्थापन गरिरहेको अवस्था छ । 


सो अवसरमा पूर्व मन्त्री गणेश शाह, ्रशासन बिभागका प्रमुख नमराज ढकाल, महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने लगायतले फोहर व्यवस्थापन र प्रदुषण कम गर्ने बारेमा चर्चा गरेका थिए । 


काठमाडौंमा कार्यपालिका सदस्य तथा वडा सदस्यहरुका लागि आयोजना गरिएको अभिमुखिकरण तालिममा ३२ वडालाई दुई भागमा विभाजन गरेर हरेकर समुहलाई २÷२ दिनको तालिम दिने कार्यक्रम रहेको  । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika