२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

महानगरको प्रतिनिधिहरुलाई चीनको सुझावः ‘अमूल्य सम्पदा जोगाऔं’


प्रकाशित: विहिवार, ९ साउन २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरका प्रतिनिधीहरुलाई चीनको चचाउका प्रतिनिधिहरुले काठमाडौंको अमूल्य सम्पदा जोगाउन सुझाव दिएका छन । 


बुधबार नेपालको भ्रमणका लागि काठमाडौं आइपुगेको चुचाउ नगरको, प्रोपोगाण्डा बिभाग हेर्ने मिनिष्टर अफ सिपिसि नि फ्याङ्होङ् नेतृत्वको प्रतिनिधि मण्डलले सुझाव दिएका हुन । 


चीनीयाँ प्रतिनिधि मण्डलले महानगरका अधिकारीहरुसँग भेट गरेर काठमाडौं महानगरका संस्कृति र पर्यटन बिकास प्रवर्धन र आदान प्रदान, शिक्षा र आम सञ्चारका बिषयमा चासो राखेका थिए । 


चीनियाँ प्रतिनिधि मण्डलले बिश्व सम्पदा क्षेत्रमा पर्यटकलाई कसरी प्रवेश गराउने, महत्वका बिषयमा कसरी जानकारी गराउने, सम्पदा र पर्यटनलाई कसरी अन्तरसम्बन्धित गरिएको छ लगायतका विषयमा जिज्ञासा राखेका थिए ।  


उनीहरुको जिज्ञसालाई सम्पदा बिभागका प्रमुख राम थापा, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्ले र कानुन महाशाखाका निर्देशक बसन्त आचार्यले सम्बोधन गरेका थिए । 


बिभागका प्रमुख थापाले देखिने भौतिक सम्पदा मात्र होइन, बिशेष समयमा प्रदर्शन गरिने अमूर्त सांस्कृतिक रीतिथिति पनि रहेको जानकारी गराएका थिए  ।


मण्डलकी अर्का सदस्य चुचाउ नगरको संस्कृति, पर्यटन, प्रसारण र खेलकुद व्युरोका निर्देशक याङ् सियोयुले नेपाल भ्रमणको अनुभाव सुनाउँदै यो सम्पत्ति अमुल्य छ । यसको कसैसँग पनि तुलना हुँदैन । जोगाएर राख्न सुझाव दिएका थिए ।
त्यसैगरी सो प्रतिनिधिमण्डलले शिक्षा, सुचना तथा सञ्चार लगायतका विषयमा समेत अन्तरक्रिया गरेका थिए ।  


भेटका क्रममा प्रतिनिधि मण्डलका फ्याङ्होङ्, सियोयुसहित चुचाउ म्युनिसिपल गभर्मेन्टका उपमहासचिव डोङ् सियोपिङ्, चुचाउ रेडियो टेलिभिजन स्टेशनका निर्देशक ल्यु हुइकाइ, कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसि( का सिफ्याङ् जिल्ला कमिटिका मिनिष्टर ल्यु वेनछिङ्, सिपिसिकै चालिङ् कन्ट्री पार्टी कमिटि प्रोपोगाण्डा बिभागका मिनिष्टर झ्योउ पिङ् गरी ६ जना सहभागी थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex