४ भाद्र २०८३, बिहिबार
Header

महानगरको पार्किङ व्यवस्थापन प्राथमिकतामा छः प्रवक्ता मानन्धर


प्रकाशित: बुधवार, २१ मंसिर २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रवक्ता एंव कामपा १७ वडा अध्यक्ष नविन मानन्धरले पार्किङको व्यवस्थापन प्राथमिकतामा रहेको बताएको छ । 


विहिवार २८ औं महानगरदिवशको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा प्रवक्ता मानन्धरले महानगरले पार्किङमा सुधार गर्ने काम प्राथमिकताका साथ नियमित भईरहेको जानकारी दिए । 


महानगरमा सेवाग्रहीले अब ईसेवाबाट कर तिर्न सक्ने, सहरी सौन्यर्यता बढाउन होर्डिङ बोर्ड नियमन गर्ने, भवन निर्माणको मापदण्ड कडाईका साथ लागु गरिएको मानन्धरले बताए । 
काठमाडौँ महानगरपालिकाले सप्ताहव्यापी विशेष कार्यक्रमसहित २८ औँ स्थापना दिवस मनाउने तयारी गरेको छ । 

 


प्रवक्ता मानन्धरले सो दिवस मनाउने विषयमा महानगरले गरेको तयारी बारे जानकारी दिएको छन । 


मंसिर २३ गते विहान सरसफाई र दिउँसो महसुस यात्रा गरिने, अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, मौलिक बाजागाजामा युवाहरुको रुची बढाउन धिमे बाजा प्रतियोगिता, विद्यालयका विद्यार्थीहरु लागि चित्रकला र निवन्ध लेखन, शिक्षक स्तरमा वक्तृत्वकला गरिने भएको छ ।


त्यसैगरी जेलभित्रका विद्यालय, फरक क्षमता भएका (सुस्त श्रवण) सुस्त मनस्थिति, विशेष विद्यालय० विद्यार्थीहरुका लागि कुर्सी दौड प्रतियोगिता, महानगरका कर्मचारीका बिचमा हाजिरी जवाफ प्रतियोगिता आयोजना हुनेछन ।  


परम्परागत गुरुहरुको सम्मान, मेयर ११ र प्रमुख प्रशाकसीय अधिकृत ११ मैत्री फुटबल खेल, महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता आयोजना हुनेछन ।


 कलाहरुको प्रवर्धन गर्न मंसिर २९ गते प्रतियोगितात्मक चित्रकला प्रदर्शनी र तस्विर प्रदर्शनी हुनेछ । महिला उद्यमशीलतालाई प्रबर्धन गर्न उद्यमी मेला र स्थानीय परिकारको प्रवर्धन गर्न खाना मेला हुनेछ ।


दिवसमा नागरिकहरुलाई सहभागी गराउन कमलाक्षीदेखि बसन्तपुर, जयबागेश्वरी, हाँडीगाउँ, स्वयम्भू, बसन्तपुरलगायतका ठाउँमा कार्यक्रम सञ्चालन हुनेछन । 


कार्यक्रममा आमनागरिक, सरोकारवाला तथा विकास साझेदार, विद्यालयका विद्यार्थी र शिक्षक, जनप्रतिनिधि र कर्मचारी सबैको सहभागिता सुनिश्चित गर्ने प्रयास गरिएको छ । 


सो पत्रकार भेटघाटमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (वालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीलगयातको उपस्थिती रहेको थियो । 


२०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई महानगर घोषणा गरिएपछि हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिएको हो । 


वि।सं। १९७६ पुष २ गते स्थापना गरिएको सफाइ अड्डाको विकसित संस्थागत संरचना नै अहिलेको महानगरपालिका हो । 


विभिन्न क्षेत्रमा योगदान पुराएकाहरुलाई महानगर सम्मान पनि गरिने छ । सम्मानतर्फ परम्परागत बाजा गुरुहरुको सम्मान, जनकमान श्रेष्ठ सुशासन पुरस्कार वितरण, महानगर सेवा गौरव पदक वितरण, करदाता सम्मान, उत्कृष्ट कर्मचारी सम्मान, कर्मचारी सम्मान, साधना अग्रणी महिला पुरस्कार, सुशासन पत्रकारिता पुरस्कार वितरणलगायत कार्यक्रम छन । 


महानगर दिवस मनाउन प्रमुख शाहको अध्यक्षतामा, उपप्रमुखसहित १८७ सदस्यीय मुल समारोह समिति गठन भएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex