काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आ.व. २०७६÷०७७ का लागि बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
महानगर प्रमुख शाक्यले विहिवार राष्ट्रिय सभा गृहमा आयोजित प्रस्तुत नीति तथा कार्यक्रममा सम्पदा संरक्षणलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम तथा योजनाहरु प्रस्तुत गरेको छ ।
नीति तथा कार्यक्रममा राष्ट्रका सांस्कृतिक धरोहर मानिने सम्पदा र संस्कृतिलाई सम्वर्धन एवं प्रबर्धन गर्ने नीतिलाई महानगरले निर्देशित नीतिका रुपमा लिएको छ ।
त्यसैगरी काठमाडौं शहरलाई प्लाष्टिक तथा धूलोमुक्त सहर बनाउने घोषणा गरेका छन ।
महानगरका नीति तथा कार्यक्रमहरु
महानगरभित्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि परेकारपारिएका समुदायहरुलाई उच्च प्राथमिकता दिईने, महानगरस्तरीय एकीकृत सीप बिकास प्रतिष्ठान सञ्चालनका लागि अध्ययन गर्ने, व्यापार प्रवर्धनका लागि रात्रीकालीन व्यापार प्रवर्धन गर्नेबिश्व सम्पदा क्षेत्र (पशुपति, बौद्ध, बसन्तपुर र स्वयम्भू) लाई पर्यटकीय हबका रुपमा बिकास गर्ने रहेको छ ।
त्यसैगरी एब वडा एक नमूना सामुदायिक बिद्यालय बनाउने, सबै बिद्यालयमा एउटै रङ्ग लगाउते, बालमैत्री चित्र लेख्ने, खाली भएको ठाउँमा हरियाली बनाउने, महानगर जेष्ठ नागरिक अस्पताल खोल्न प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने ,मनमोहन जेष्ठ नागरिक निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने प्रमुख शाक्यले प्रस्तुत गरे ।
नीति तथा कार्यक्रममा सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माणका लािग सहयोग गर्ने, हिंसामा परेका महिलालाई पुनस्र्थापना केन्द्रमा अस्थायी आश्रम दिने तथा स्वरोजगारमुलक सीप दिने, सर्वसाधारणलाई सार्वजनिक शौचालयमा पहुँच बढाउन निर्माण तथा सञ्चालनसँगै सपिङ् मल, रेष्टुरेन्ट, अस्पताल, पेट्रोल पम्पसँग सहकार्य गर्ने योजना रहेको छ ।
नेपाल र नेपाली भाषाको प्रवर्धनमा योगदान पु¥याउने श्रष्टालाई महानगर साहित्य पुरस्कार, शुशासन प्रवर्धनमा योगदान पु¥याउने पत्रकारलाई महानरीय शुशासन पत्रकारिता पुरस्कार, युवा प्रोत्साहनका लागि महानगर आदर्श युवा पुरस्कार, जेष्ठ नागरिकलाई मनमोहन जेष्ठ नागरिक सम्मान, प्रजातान्त्रिक आन्दोलनमा समर्पित योद्धालाई गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान गरिने छ ।
ठूला बिद्युतीय सवारीलाई प्रोत्साहन गर्ने, मेयर उज्यालो कार्यक्रमअन्तर्गत मुख्य चोकमा हाइमास बत्ती जडान गर्ने जस्ता थुप्रै समाजिक कार्यहरु नीति तथा कार्यक्रमा समेटिएका छन ।
Categorized in समाज