काठमाडौँ । काठमाडौं महानगरले एक वडा एक पार्क निर्माणको नीति लिएो छ ।
मंगलवार सो नीति अन्तर्गत महानगर प्रमुख विद्यासुन्दर शाक्यले कामपा वडा ५ भत्केको पुल नजिक आज नर बुद्ध पार्कको शिलान्यास गरेका छन ।
प्रमुख शाक्यसँगै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभा सदस्य नारायण सिलवाल, वडा ५ का अध्यक्ष रमेश डंगोलले संयुक्त रुपमा बौद्ध विधिअनुसार शिलान्यास गरे ।
प्रमुख शाक्यले महानगरले एक वडा एक पार्क निर्माणको नीतिअनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली बढाउने र पार्क बनाउने प्राथमिक योजना कार्यान्वयनमा जोड दिएको बताए ।
काठमाडौँ महानगरपालिकाले अहिलेसम्ममा साना–ठूला गरेर करीब ७० वटा पार्क निर्माणको काम अघि बढाएको उनले जानकारी दिए ।
पार्क निर्माणसँगै सम्पदा निर्माण, पुननिर्माणको काम हाम्रो प्राथमिकताका योजना हुन । भौतिक संरचना महानगरले बनाएपछि त्यसको व्यवस्थापनमा स्थानीयले स्वामित्व लिनुपर्छ । अनि मात्र विकासको दिगो उपयोग हुने शाक्यको भनाई थियो ।
सो अवसरमा वागमती प्रदेश सभा सदस्य नारायण सिलवाले हाँडीगाउँदेखि कपन नीलोपुलसम्मको क्षेत्रलाई पार्क हबको रुपमा विकास गर्ने योजनामा रहेको सुनाए ।
महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिकाको पार्क निर्माण र हरियाली प्रवर्धन कार्यक्रमले सोझै नागरिकको जीवनसँग सम्बन्ध राख्ने बताईन ।
जग्गा संरक्षणका विषयमा वडाध्यक्ष रमेश डंगोलले जनताको चाहना बामोजिम धेरै सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको सुनाए । व्यक्तिका हातमा पर्न लागेको करीब २ अर्व रुपैयाँ मुल्य बराबरको जग्गा आफूहरु संगरक्षण गरेको डंगोलको भनाई थियो ।
कार्यक्रममा नरबुद्ध विहारका प्रमुख भिक्षु पूर्ण स्थविर भन्ते, पञ्जारत्न स्थविरलगायतले सार्वजनिक जग्गालाई समुदायले भोग चलन गर्न पाउने भएपछि आफूहरुमा प्रशन्नता बढेको अनुभूति सुनाए ।
पूर्वाधार विकास विभागका प्रमुख राम थापाकाअनुसार करीब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने पार्कको लागत करीव १ करोड ४८ लाख रुपैयाँ हो । पार्कमा कलात्मक डिजाइनका साना–ठूला गरी चारवटा ढोका रहने छन भने आराम गर्नका लागि चौतारीसहितको छहारी निर्माण हुनेछ । त्यसैगरी विश्रामका लागि झिँगटीका छाना भएका चौताराहरु पनि रहने छन ।
पार्कमा हरियालीका लागि दुबोसहितका मैदान रहनेछ । यस्तै १५ फिट गोलाइको फाउन्टेनसहितको पोखरी बन्नेछ । व्यायाम र हिँडडुलका लागि बाटो र खुला ठाउँको समेत पार्क डिजाइनमा व्यवस्था गरिएको छ ।
जेष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु पार्कमा सजिलै आउने, बस्ने र हिँडडुल गर्न सक्ने खालका भौतिक संरचना बनाइनेछन् ।
पार्कको सबैभन्दा महत्वपूर्ण विशेषता अभय मुद्राको बुद्ध मुर्ति हो । स्थानीय वीरेन्द्र प्रजापति भन्नुहुन्छ, अहिलेसम्म हामीले बसेका वुद्ध मात्र देखेका छौँ । यहाँ उभिएका बुद्ध देख्नेछौँ । सम्भवत काठमाडौँमा अभय मुद्राको ठूलो वुद्ध मूर्ति यही नै हुनेछ ।
Categorized in सम्पदा/संस्कृति