१३ बैशाख २०८१, बिहिबार
Header

महानगरको झिलीमिली काठमाडौं कार्यक्रम सुरु


प्रकाशित: आईतवार, १४ असार २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले झिलीमिली काठमाडौं कार्यक्रम अघि बढाएको छ । 


परीक्षणका रुपमा महानगरले माईतीघर मण्डलवाट सुरु गरेको हो । ‘रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’को नमूना परीक्षणका लागि माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिएका हुन । 


अहिले मण्डला क्षेत्र स्वचालित रुपमा आफैं बल्ने यस्ता बत्तीको झिलीमिलासहित मनमोहक हुन थालेको छ । महानगरले सहरलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने कार्यक्रम अन्तर्गत सुरुवात गरेको हो ।

 
महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञवालीका अनुसार अहिले परीक्षणका लागि मानिसहरुको धेरै चहलपहल र आवत–जावत हुने माइतीघर मण्डलामा हामीले नमूना परीक्षणका रुपमा यो कार्यक्रम अघि बढाएका हो । 


विश्वका ठूला सहरहरुले रात्री जीवनलाई प्रोत्साहन गर्न रङ्गीन बत्तीहरुको संयोजन मिलाएका हुन्छन । काठमाडौंलाई पनि बिश्वका यस्ता ठूला सहरको ठाउँमा पु¥याउन यस प्रकारका कार्यक्रम आवश्यक रहेको सह–सचिव ज्ञवालीको भनाई छ । 


माइतीघर मण्डलाको झिलीमिलीबाट सकारात्मक प्रतिक्रिया पाएपछि महानगर आगामी दिनमा धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा रहेका स्थानहरुमा क्रमश यस्ता बत्ती जडान गर्दै जाने योजनामा छ ।


झिलीमिली काठमाडौं कार्यक्रम रातमा पनि जागा सहरको सूचक हो । यसले रात्रीकालीन व्यवसायबाट अर्थतन्त्रलाई थप चलायमान बनाउन टेवा पु¥याउँछ ।


त्यसैगरी महानगरले फुटपाथ पसल सञ्चालनमा रोक लगाएर सडक किनारालार्य पैदल यात्रामैत्री बनाउने योजना बनाएको छ । सडक किनारामा हिँड्दा आनन्दको अनुभूति गराउन रात्रीकालीन झिलीमिलीको ठूलो भूमिका हुनेछ ।


माइतीघर मण्डलाबाट अब तीनकुनेसम्मको सडक किनारामा झिलीभिली बनाइनेछ । त्यसपछि क्रमशः नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि बत्ती जडान गरिनेछन । 


महानगरले आगामी बर्षमा रङ्गीचङ्गी बत्ती जडानका लागि करीब ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदो असोज – कार्तिक महिनासम्ममा सहरका पाँच–सात ठाउँमा बत्ती जडान गर्ने लक्ष्य राखिएको सहसचिव ज्ञवालीको भनाइ छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD