१३ बैशाख २०८१, बिहिबार
Header

महानगरको गत आ.व.मा स्वीकृत बजेटको ४४.२४ प्रतिशत खर्च 


प्रकाशित: बुधवार, २५ साउन २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरले आ. व. २०७८/०७९ मा पेश भएको बजेटको ४४.२४ प्रतिशत खर्च भएको छ । 


बजेट स्वीकृत स्वीकृत १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँको ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको बुधवार महानगरको बार्षिक समिक्षा बैठकमा जानकारी दिएको हो । 
बैठकमा वित्त विभागले प्रस्तुत गरेको अंक अनुसार सो प्रतिशत हो । 


बैठकमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, समीक्षाबाट गएको बर्षमा भएका कामको तथ्य र तथ्याङ्कीय अवस्था प्राप्त हुने अपेक्षा गरे । ‘ प्रमुख शाहले भने,‘यस बर्ष स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्छ ।’


त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धरले समीक्षाका विषयमा चर्चा गरेका थिए । 


गएको बर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो । बैठकमा योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताए ।     


बैठकमा विभाग, आयोजना, एकाई, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतिकरण हुनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD