७ बैशाख २०८१, शुक्रबार
Header

महानगरको कोरोना राहत कोषलाई ६ लाख ३० हजार प्रदान


प्रकाशित: आईतवार, २८ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषलाई स्थानीय दाताहरुले ६ लाख ३० हजार रुपैयाँ प्रदान गरेको छ । 


कामपा वडा ७ क्षेत्रका स्थानीय दाताबाट ६ लाख ३० हजार रुपैयाँ कोषलाई सहयोग गरिएको महानगरपालिकाले जनाएको छ । 


सहयोग प्रदान गर्नेहरुमा संस्थागत रुपमा शुभप्रवा सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभबाट १ लाख ११ हजार १११ रुपैयाँ, सेन्ट लरेन्स कलेजबाट ५५ हजार, बिनायक सिद्धि कलेजबाट ५० हजार प्राप्त भएको छ ।


त्यसैगरी डियर वाक फाउन्डेसनबाट २५ हजार, गुडबिल बचत तथा ऋण सहकारीबाट १० हजार र व्यक्तिगत रुपमा सुरेन्द्र अधिकारीबाट ५ हजार प्राप्त भएको हो ।  


महानगरका अनुसार यस अघि व्यक्तिगत  ४ लाख ९१ हजार रुपियाँ सँगै ९ वटा संस्था र ८ जना व्यक्ति गरी १७ संस्था  २७ गतेसम्ममा संकलन भएको हो । 


प्रमुख शाक्यले अहिले महामारी रोकथाम र नियन्त्रणका लागि जनप्रतिनिधिहरु व्यक्तिगत आकांक्षामाथि उठेर काम गरेको वताउँदै वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारीलाई लकडाउनको अनुभव छैन । उहाँहरु पूर्ववत् काममा नै रहेको वताए। 


ढुक्क हुने अवस्था भइनसकेकोले भौतिक दुरी कायम राख्न, सरकारी निर्देशनको पालना गर्न महानगरबासीलाई प्रमुख शाक्यको आग्रह रहेको छ । 


सो अवसरमा वडा ७ वडाध्यक्ष शुद्धकुमार डंगोलले आफूहरुले आसपासमा उत्पादन भएको तरकारी खपत गर्न गोपीकृष्णनगर, मैजुबहालमा बजार सञ्चालन गरिसकेको जानकारी दिए । 


‘तरकारीबजार जस्तै सुपथ खाद्य बजार, स्वास्थ्य सेवा तथा औषधोपचार पनि टोलटोलको पहुँचमा पु¥याउँछौं ।’ डंगोले भने ।


लकडाउन पछि बालबालिका, महिला, युवा, जेष्ठ नागरिकमा मानसिक समस्या हुन सक्छ । शैक्षिक तथा सामाजिक अवस्था परिवर्तन हुन सक्छ । यसलाई ध्यानमा राखेर हामीले महामारीपछिको अवस्था व्यवस्थापन योजना तयार पारिने वडाध्यक्ष डंगोलको भनाइ थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD