९ भाद्र २०८३, मंगलबार
Header

महानगरको काठमाडौं महोत्सव सम्पन्न


प्रकाशित: शुक्रवार, ७ फागुन २०७७, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को पूर्वसन्ध्यामा काठमाडौंको दरवारमार्गमा आयोजित महोत्सव सम्पन्न गरेको छ । 


महोत्सवमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष प्रस्तुत रहेको थियो । नेपाली सेनाले मौलिक परम्परागत बाजा बजाएर ‘करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल’, ‘पंक्षीमा डाँफे राम्रो’, ‘नेपाली हामी रहौंला कहाँ’, ‘गाउँछ गीत नेपाली’, ‘पश्चिम कोही पूर्व घर’ बोलका गीतमा धुन प्रस्तुत गरेको थियो । सेनाले एउटा ‘टप्पा’ नृत्य र एउटा ‘तामाङ् सेलो’ नृत्य प्रस्तुत गरेको थियो ।


नेपाल प्रहरीले ‘नेपाली हामी रहौंला कहाँ’ र ‘मै भेडी गोठालो’ बोलको गीतमा नृत्य प्रस्तुत गरेको थियो भने सशस्त्र प्रहरीले ‘आँखैमा राख्छु मेरो देश’ बोलको राष्ट्रिय गीत र अर्को एउटा ‘झ्याउरे गीतमा नृत्य प्रस्तुत गरेको थियो । 


तीनवटै सुरक्षा निकायका व्याण्डहरुले संयुक्त रुपमा ‘मन त मेरो नेपाली हो’, ‘मलाई प्यारो लाग्छ’, ‘रातो र चन्द्र सूर्य’ बोलका गीतमा व्याण्ड गायन प्रस्तुति गरेका थिए । महोत्सवमा सविन राई एण्ड पारोहको बिशेष प्रस्तुति थियो । उहाँले ‘जव तिमी आयौ’, ‘तिमीलाई हो’, ‘तिम्रो साथ’ लगायत पप गीत गाउनु भएको थियो । 


गायक मदन गोपाल नेपालीले ‘यो देशको माटो चुम्दै’, ‘सय थरी बाजा’, ‘लेकाली है’, ‘साँघुरी पारी’ र ‘माया लै लै’लगायत संगीत संयोजन गरिएको (मेड्ल) गीत गाएका थिए । 


गायिका मञ्जु पौडेलले ‘नेपालकी छोरी राष्ट्रिय गीत, ‘चुरोट लाइलर’, ‘गाह्रो हुन्छ फेरि’ लगायत गीत गाएका थिए । त्यस्तै प्रकाश सपुतले ‘ फाटेका चुरा’, ‘गलबन्दी च्यातियो’ लगायत गीतहरु एकल प्रस्तुतिका रुपमा र ‘आयो तेरो सर, बाटो खाली गर’ र ‘सरसर’ बोलका गीतमा प्रीति आलेसँग दोहारी व्याटल गायन प्रस्ततु गरेका थिए । 


गायिका प्रीति आलेले ‘फरिया लरि लै बरि लै’, ‘अब हेर बेली डान्स’ लगायतका गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गायिका मिलन नेवारले ‘फुलबुट्टे साडी’, ‘गाला रातै’ लगायत गीत प्रस्तुत गरेकी थिईन । 


कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, कर्मचारी र जनसाधारणको सहभागिता थियो ।


कार्यक्रममा स्थानीय व्यापारीले खानाका स्टलहरु  राखेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex