१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगरको कर्मचारी निर्णय हेरफेर प्रकरणः २ कर्मचारी बर्खास्त सुुझाव सहित प्रतिवेदन पेश


प्रकाशित: मंगलवार, १५ फागुन २०८०, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको कामपा– १९ को स्वास्थ्य विभागमा कर्मचारी नियुक्त गर्ने निर्णय हेरफेरबारे गठित छानविन समितिले प्रतिवेदन बुुझाएको छ । 


सोमवार समितिले महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारले प्रतिवेदनलाई प्रमाणिकरण गरेको छ । छानविन समितिले सो प्रकरणमा संलग्न २ कर्मचारीलाई बर्खास्त गर्न सिफारिस समेत गरेको छ । 


सहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा गठित छानबिन समितिले तयार परेको प्रतिवेदनले वरिष्ठ शाखा अधिकृत बिडारी र स्वास्थ्य विभाग प्रमुख पौडेललाई बर्खास्त गर्न सुझाव दिएकोे छ भने सचिवालय प्रमुख न्यौपानेलाई भने कार्यपालिकामा स्पष्टीकरण दिन बोलाउने भएको छ । 


वडा नम्बर १९ को स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यपालिकाको निर्णयविपरीत वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले आफ्नै छोरी सुप्रिया ढुंगेललाई पठाउन नाम थपेपछि सो प्रकरण बाहिर आएको थियो । 


निर्णय हेरफेर प्रकरणमा महानगर प्रमुख बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संलग्नता भएको महानगरको आरोप छ । 


तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई सचेत गराउन सुझाएको छ । सो प्रतिवेदन महानगरको सुशासन समितिमा प्रतिवेदन पेश गर्ने महानगरले तयारी गरेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex