१३ बैशाख २०८१, बिहिबार
Header

महानगरको एम्बुलेन्स सेवाबाट दुई दिनमा ४६ जना लाभान्वित


प्रकाशित: विहिवार, ४ बैशाख २०७७, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले लकडाउन अवधिभर सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवाबाट ४६ जना लाभान्वित भएका छन । 


दुई दिनमै ४६ जना लाभान्वित भएको एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति)का अध्यक्ष गणेश सापकोटाले बताएका छन ।


महानगरभित्रका हृदयाघात, मृगौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि सो सेवा सञ्चालन गरिएको हो । 


एम्बुलेन्सले डायलाइसिस गर्नुपर्ने बिरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका बिरामीलाई प्राथमिकतामा राखेर सेवा दिईरहेको छ । संघका अनुसार बिरामीहरुलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको डायलाइसिस सेन्टरलगायतमा लैजाने गरेको छ । 


काठमाडौँ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गरी लकडाउन अवधिभर २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएको थियो । काठमाडौं‌ महानगरपालिकाले हटलाइन नम्वर ११८० मा सम्पर्क गरेर निःशुल्क सेवा लिन सकिने छ । 


अहिले चाबहिल, बौद्ध, बालाजु, स्वयम्भु, लाजिम्पाट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरलगायतका स्थानबाट एम्बुलेन्सले सेवा प्रदान गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD