१४ बैशाख २०८१, शुक्रबार
Header

महानगरको आ.व. ०७८/२०७९ को नीति तथा कार्यक्रम पारित 


प्रकाशित: आईतवार, ६ असार २०७८, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।


महानगरले असार ३ गते महानगर प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 


प्रमुख शाक्यले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ सहित कांग्रेस निकटका जनप्रतिनिधीहरुको केही सुझावलाई ग्रहण गरेपछि आईतवार प्रमुख शाक्यले सभा चलाएका हुन । 


यस अघि नीति–तथा कार्यक्रमबारे कांग्रेसका जनप्रतिनिधिहरुले समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गरेका थिए ।


छलफलमा उपप्रमुख खड्गी सहितका काँग्रेस निकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए ।


शाक्यले भने, ‘कुनै दलको टिकट लिएर हामी निर्वाचनमा उम्मेदवार बन्यौँ होला । तर, निर्वाचन जितेपछि हामी जनप्रतिनिधि हौँ । म दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गर्दिनँ ।’


उनले कांग्रेसले राखेका धेरै जसो सुझाव नीति–तथा कार्यक्रममा समावेश भैसकेको बताउँदै सम्भव हुने सुझावलाई नीति–तथा कार्यक्रममा समावेश गरिने प्रतिवद्धता व्यक्ति गरेका छन । 


महानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा  १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुटरसहुलियत दिने लगायतका थुप्रै योजनाहरु प्रस्तुत गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD