काठमाडौं । काठमाडौं महानरपालिकाले महानगरभित्र भएका विभिन्न व्यवसायिक पसल, संस्थाहरुले शौचालयलाई सार्वजनिक प्रयोग गर्न दिने इच्छुकहरुले ७ दिनभित्र सम्पर्क गर्न आव्हान गरेको छ ।
होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन चाहनेहरुले बबरमहलस्थित सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क राख्न भनिएको हो ।
यस अघि महानगरको प्रमुखमा बालेन्द्र साह निर्वाचित भएपछि पहिलो बसको बैठकले महानगरभित्र सर्वसाधरणलाई पनि सहज शौचालयको प्रयोगको लागि निजी शौचालयहरुलाई सार्वजनिक शौचालय प्रयोग गर्ने निर्णय गरेको थियो ।
निजी शौचालयहरुको सार्वजनिक प्रयोग र सर्तको बारेमा महानगरसँग आवश्यक सम्झौता हुने महानगरका प्रवक्त बसन्त आचार्यले बताएका छन ।
Categorized in स्थानिय