१६ बैशाख २०८१, आइतबार
Header

महानगरको आयोजनामा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 


प्रकाशित: मंगलवार, १७ पुस २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा दशरथ रंगशालामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुुभारम्भ भएको छ । 


मंगलवार विहान राष्ट्रपति रामचन्द्र पौडेलले सो प्रतियोगिताको उद्घाटन गरेका हुन ।

 
काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले सो प्रतियोगिता सुरु भएको बताएका छन । 

 


पुस १७, १८ र १९ गते गरी ३ गते सञ्चालन हुने सो प्रतियोगितामा ८३ विद्यालयका विद्यार्थीहरुले भाग लिने प्रमुख बालेनले जानकारी दिएका छन । 


उनका अनुसार एथलेटिक्स दशरथ रङ्गशालामा, कराँते र उसु खेल रंगशालाकै कभर्ड हलमा, छात्रछात्रा कबड्डी र छात्रा भलिवल खेल कन्या मन्दिर माध्यमिक विद्यालय, न्योखा, क्षेत्रपाटीमा हुनेछ । 


त्यसैगरी, पुरुष भलिवल खेल कन्या विद्याश्रम मा. वि. डिल्लीबजारमा ,तेक्वान्डो खेल नेपाल तेक्वान्दो प्रशिक्षणालय, सातदोवाटोमा हुने उनले बताए ।


यस प्रतियोगितामा ३ हजार २५० जना छात्रछात्रा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन । भलिवल खेलमा ८ सय जना, कबड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना सहभागी हुने छन । 
कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना खेलाडी प्रतिस्पर्धामा रहेका छन । 

 


‘अर्को बर्ष हामीले फुटबल , कृकेट , बास्केटबल , ब्याडमिन्टन , टेबल टेनिस खेल थपेर अझै बृहत बनाउदै लग्नेछौ ।’ प्रमुख साहले भने । 


पुस्तकरहित शुक्रबार, शिक्षामा सिप कार्यक्रमबाट सकारात्मक नतिजा प्राप्त हुन थालेको र क्रिकेट प्रशिक्षक प्रशिक्षण कार्यक्रम उत्साहजनक रुपमा चलिरहेको उनले बताए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD