२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगरको आग्रहः निर्माण कार्य राती ८ बजेपछि गर्नु


प्रकाशित: सोमवार, ४ बैशाख २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र गरिने सार्वजनिक, निजी पूर्वाधार निर्माण तथा मर्मत कार्यहरु राती गर्न आग्रह गरेको छ ।

 
सोमवार महानगरले एक सुचना जारी गरी निर्माणका कार्यहरु महानरवासीलाई कुनै पनि असर नपर्ने गरी सकभार राती ८ बजेपछि कार्य गर्न, गराउन अनुरोध गरेको हो ।


‘सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण तथा मर्मत लगायत कार्य ८ बजेपछि मात्र गर्न गराउन प्रबन्ध मिलाउनुपर्छ ।’ जारी सुचनामा उल्लेख छ । 


कुनै पनि सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्णाधीण स्थल संकेत गर्नसमेत महानगरले अनुरोध गरेको छ ।


सडकमा पेटीमा निर्माण समाग्री खसाली सडक अवरोध वा सडक पेटीमा धुलो फोहोर राख्न वा छोड्ना पाईदैन साथै निर्माण कार्य सम्पन्न हुनासाथ तत्काल सडक सफा वा पुर्व अवस्थामा हिड्न योग्न बनाउनु पर्ने महानगरले आग्रह गरेको छ । 


महानगर क्षेत्रमा संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमसँग पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको छ ।


महानगरले उल्लेखित सुचनालाई वे–वास्ता गरे वा सो अनुसार नगरे फोहोरमैला व्यवस्थापन ऐन, २०६८ वतावरण संरक्षण ऐन, २०७६ समेतका आधारमा ५ देखि ५० हजारसम्म जरिवाना हुने समेत बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex