८ बैशाख २०८१, शनिबार
Header

महानगरको अल्टिमेटमपछि ईन्द्रचोकको मन्दिर क्षेत्रको पसल हट्यो


प्रकाशित: सोमवार, २० भाद्र २०७९, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको अल्टिमेटमपछि इन्द्रचोकमा रहेको मन्दिर क्ष्क्षेत्रको पसल हटेको छ । 


आईतवार कामपा वडा २५ ले एक सुचना जारी गरी २४ घण्टाभित्र इन्द्रचोक र असन क्षेत्रको मन्दिर, सम्पदा राखी गरेको पसल हटाउन भनेको थियो । 


सो आदेशपछि मन्दिर क्षेत्रको पसलहरु खाली देखिएको छ । यस अघि मन्दिर भरी कपडाहरु राखी व्यापार गरेको पाईन्थ्यो । 


इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल(माटोको भाँडा कुँडा)को लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।

 


वडा नम्बर २५ अध्यक्ष राजेश डंगोलले असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ–बायाँ(दूध डेरी)मा रहेका पसलहरु हटाउन निर्देशन दिएको बताएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD