१४ बैशाख २०८१, शुक्रबार
Header

महानगरकोे सैनिक अस्पताललाई १ करोड ५० लाख अनुदान


प्रकाशित: मंगलवार, १३ फागुन २०७६, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले बीरेन्द्र सैनिक अस्पताल छाउनीलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।


हेमोडाईलासिस सेवाको लागि मंगलवार महानगर प्रमुख विद्यासुन्दर शाक्यले जङ्गी अड्डाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर के. सी. लाई उक्त रकम प्रदान गरेका थिए । 


गत पुष २ गते महानगर र नेपाली सेनाबीच सम्झौता पत्रमा हस्ताक्षर भए अनुसार माघ ७ गतेबाट महानगरको शिफारिसमा हेमोडाईलासिस सेवा शुभारम्भ भएको थियो ।


वडा १५ डल्लुकी ६४ बर्षिया चन्द्र महर्जनले पहिलो पल्ट सेवा लिएका थिइो भने हाल वडा १५ स्वयम्भूकी ४७ बर्षिया सुवर्णमैयाँ ताम्राकार (स्थापित) र वडा २३ ओमबहालकी ७५ बर्षिया लक्ष्मी श्रेष्ठले हेमोडाइलासिस सेवा लिई रहेको महानगरले जनाएको छ । 
महानगरले कार्यप्रगतीको आधारमा थप १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।


सो अवसरमा प्रमुख शाक्यले शुरु भएको कार्यक्रमलाई निरन्तर बिस्तार गर्दै लगिने बताउँदै जटिल खालको रोगका लागि बिशेषज्ञ उपचारका लागि महानगरले नेपाली सेनासँग सहकार्य गरेको भनाई राखे । 


रकम हस्तान्तरण कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमा डंगोल, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, बीरेन्द्र सैनिक अस्पताल छाउनीका निमित्त कमान्डान्ट सहायक रथी नगेन्द्रकुमार के. सी., महासेनानी डा। अजय राजभण्डारी, महानगरको जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रबिलास बज्राचार्य, बित्त बिभागका प्रमुख बुद्धरत्न मानन्धरलगायत अधिकारीको उपस्थिती रहेको थियो ।


महानगरबासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD