२० बैशाख २०८१, बिहिबार
Header

महानगरकै क्यान्टिनमा भेटियो बासी खाना, तिरायो ५० हजार


प्रकाशित: आइतवार, २० फागुन २०८०, १७ः२० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकामा सञ्चालनमा रहेको क्यान्टिन नारायणी चमेना गृहमा बासी खाना भेटिएको छ ।


महानगरको अनुुगमनको क्रममा पकौडा बासी पाइएको तथा बासी खाना खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको छ । 


महानगरको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले क्यान्टिनलाई ५० हजार जरिवाना गरिएको जानकारी दिए ।


क्यान्टिनको खानाका विषयमा गुनासा आपछि महानगरले अनुुगमन गरेको डा. झाले बताए ।  


डा. झाले सो क्यान्टिनमा मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो यस अघि पन आएको तथा नगर्न सचेत गराएको उनले भने । 


अनुगमनपछि खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको छ ।

 
तस्वीरः काठमाडौं महानगरपालिका 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD